हिजो हरितालिका तीजको अवसरमा लारामीवासी नेपाली महिलावर्गले आयोजना गर्नुभएको तीज विशेष कार्यक्रमका सु-सम्पन्न भयो | सर्वप्रथम यस कार्यक्रमको आयोजना गर्ने लारामीवासी भाउजुहरु तथा दिदि-वहिनीहरुलाई धेरैधेरै धन्यवाद टक्र्याउन चाहन्छु | भब्यरुपमा आयोजना गरिएको यस कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना गर्न धेरै सहयोग पुराएको छ भन्ने हाम्लाई लाईराछ |यस किसिमको कार्यक्रमले हामी सबै नेपालीको सभ्यता, संस्कृति, र चाडपर्वको समेत उत्थाहन गरेको हुदा वर्तमान परिपक्स्यमा हामी लारामीवासी नेपाली धेरै खुसि भएको स्थिति हो र हुनुपर्छ पनि भन्ने हाम्रो ठम्याई हो | यस्ता कार्यक्रमहरु भविस्यमा पनि आयोजना हुने छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौ |
स्वादिलो खानेकुराको मिश्रण, गीतसंगीत, अनि नाचगान, कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु हुनेपर्ने थियो भन्ने जुन हाम्रो सोच थियो,कार्यक्रममा सबै तेही अनुरुप पाउदा हामी सबै (specially boys group) खुसि भएको र हामीलाई धेरै नै रमाइलो लागेको अवस्था थियो | तर आज ति खानेकुरा र नाचगान केवल इमेजमा मात्र रहदा अनि खाना आफैले आफ्नो अपर्त्मेंटमा बनाउनु पर्दा हामी ज्यादै नै दुखि भएको पनि नभएको होइन | यस कार्यक्रममा सम्पूर्ण भाउजुहरु र दिदिबहिनिहरुको साथै लोक दाइ, बसन्त दाइ, भगवान सुबेदी, र उपेन्द्र दाइहरुको नाचगानले यो मानेमा कार्यक्रममा झन् एउटा नया रोचकता थपिएको थियो भन्ने हाम्लाई लाईराछ | उपेन्द्र दाइको नाचको त जति प्रसंशा गरेपनि कम नै हुन्छ | उहाको नाचको तालमेल अनि expression ले सबैलाई नाच्न प्रेरित गरिरहेको थियो | उहाको नाचको बारेमा जति लेखे पनि कमि हुन्छ | तपाइँहरु पनि उपेन्द्रदाइको नाच हेर्न लालायित हुनुहुन्छ भने आगामी कार्यक्रमहरु miss नगर्नुहोला |
जे होस् भाउजुहरु सबैले गर्नुभएको यस कार्यक्रम निकै रमाइलो थियो| मलाई लाग्दछ नेपाली संस्कृतिको टेवा पुर्याउने यस्तो उल्लेखनीय कामको हामी सबैले प्रसंशा गर्नुपर्छ | नेपाली चाडपर्वको यस किसिमको आयोजनामा हामी सबै मिलेर साथ दिनुपर्छ अनि एकरुप भएर अगाडी बढ्नुपर्छ | हामि सबैको उपस्थितिको लागि हामी सबैलाई धेरै धेरै आभारी, अझ यस कार्यक्रमको आयोजना गरेर लारामीमा एउटा नयां आयाम थप्ने भाउजुहरु र दिदि बहिनिहरुको यस महान कार्यप्रति प्रदीपको सलाम !