Heartily Welcome To My Blog
Saturday, December 29, 2012
Happy Birthday and New year Wishes to my friends and loved ones
नव वर्ष 2012 तथा जन्मदिनको धेरै-धेरै शुभकामना !!! जीवनको हरेक पाइलाले सफलताको शिखर चुमोस, जिवनरुपी बगैचामा रमाउदा-रमाउदै सामना गर्नुपर्ने औसिरुपी काला-काला घनघटाहरुलाई पुर्णिमाको उज्यालोले ढाकोस, फूलरुपी जिबनका पत्रहरुलाई ओईलिन नदिई सफलताका कोपिलाहरू सधैभरि फुलिरहोस अनि धमिलो क्षितिजको घेरालाई पार गरि सुनैलो बिहानीको आगमनसंगै सुनैलो भविस्यको परिकल्पनाका रहरहरु चम्किरहोस !!!!
Christmas Celebration 2012
Sunday, June 10, 2012
My Birthday Celebration
Having not celebrating my Birthday for years, I celebrated my birthday with my roommates and host family this year. I would like to thank Host family for a delicious and lovely dinner as well as for cake they arranged for my Birthday. My family (N...) and relatives offer me precious wishes and blessings as usual on the very
happy day-my Birthday. It was a wonderful time to celebrate my Birthday with
host family and my roommates. Your blessings, I believe, will bring never ending success with
contentment. Thank you very much for making this wonderful day very memorable and exciting.
Saturday, March 3, 2012
हजुरहरू पनि हिउमा चिप्लिन (Sledding) जाने की
आज घरमा एकदमै झ्याउ लागेर बसिरहेको थिए |अचानक रोशन भाई र बम दाईले स्लेद्दिङ (Sledding) गर्न जाने हो भन्नुभयो | कुरा बुझ्दै जादा त बसन्त दाईले भन्नुभयेको रहेछ् | मैले पनि हुन्छ भनिहाले र हामि (बसन्त दाई, उपेन्द्र दाई, रोशन भाई र म)दिउसो २:३० बजेतिर-Happy Jack रोड तीर गयौ- हिउमा चिप्लिन जानको लागि | त्यहा त हावा पनि धेरै नै लागिरहेको थियो र चिसो पनि उत्तिकै रहेछ |त्यहाँ पुगेपछि हुरी बताससगैको चिसो मौसममा धेरै रमाइलो गरियो-Sledding गर्दै| करिब डेढ घण्टा स्लेद्दिङ गरि अपार्त्मेन्टतिर फर्कियौ| जे होस् आजको दिन निकै रमाइलो भयो |बसन्त दाईलाई धेरै धेरै धन्यबाद!!!
Sledding का केही फोटोहरू
Friday, January 13, 2012
तिम्रो माया कस्तो कस्तो
अगाडि हेरे रित्तो छ, पछाडि हेरे भित्तो
तर पनि तिम्रो तस्बिरले सजाई कोठा
आज एकान्तमा तिम्रो
सम्झनाको साहाराले बाचिरहेको छू |||
म कहाँ तिमी कहाँ तर माया गाढा छ
अनी समयलाई चिन्न नसक्दा तिमीविना
आज एकान्तमा एक्लै तिमिलाई सम्झि बाचिरहेको छू|||
माया गर्छु भनेकै थिए, साथ दिन्छु भनेकै थिए
तर तिम्रो कुरा बुझ्न नसक्दा
आज वियोगको
पिडामा छटपटीई बाचिरहेको छू|||
हजुरलाई चोखो माया गर्छु भन्ने
तिमिले आज चटक्क माया मार्दा
चोखो मायाको अर्थ खोजी बाचिरहेको छू |||
आफन्तलाई भन्दा धेरै माया गर्छु हजुरलाई भन्ने
तिमीले आज मलाई पराइ ठान्दा यो
स्वार्थी संसारमा
आज भाग्यलाई दोस दियेर बाचिरहेको छू|||
हजुरको तस्विरले मेरो मन सजाउछु
हजुरको मायाले यो जिन्दगी बिताउछु भन्ने
तिमी आज म बाट धेरै टाढा हुँदा
आज स्वार्थी मायालाई बुझ्ने प्रयास गर्दै बाचिरहेको छू |||
तिमिले पराइ ठानेपनी तिम्रो सम्झनालाई ह्रिदयमा साची
बाँकी जिन्दगी बिताउने प्रयास गर्दै
तिमिलाई मेरो जीवन समर्पण गर्दै
आनि "सम्झना हरुलाई अङ्गाल्दै" र '"जिये तो जिये कैसे जिये"" गीतहरू सुन्दै ……..
आज एकान्तमा रोइ विवसताको जिन्दगी बाचिरहेको छू||||
Monday, January 9, 2012
मेरो नजरमा तिमी
आज ल्याबमा काम गर्दा गर्दै झ्याउ लागेर आयो र Department बाट apartment तीर प्रस्थान गरे | Apartment मा आएर दुई चार शब्द कोर्ने प्रयास गरेको छू |येसो जीवन् बारे सोचेर केही लेख्न तम्सिये र कोरे पनि | म जिन्दगीको गोरेटोको हर दु:खमा पनि रमाउन चाहने मान्छे | मलाई कुनै अपसोच पनि छैन् न कोहिप्रती रिस राग नै छ| म आफू जीवनको हर पलमा रमाउन चाहाने अनी अरुलाई अरुलाई पनि यहि रङगमन्चमा रमाउन कोशिश् छ|गरिरहने मान्छे | म त सत्रुको समेत कुभलो नचाहाने मान्छे | आफ्नो खुशीको तिलान्जली दियेर भएपनी अरुको खुशीमा रमाउन सिकीसकेको मान्छे | यी त जीवनको गोरेटोमा भोग्ने र झेल्ने कुरा न हुन| Anyway तपाईंहरू पनिनि खुशी रहनुस्, मजबुत रहनुस्, आनि अरुलाई गाड्नुस् र आँफै पनि गाडिनुस्- मेरो एही शुभकामना छ |
यथार्थको धरातललाई आधार
बनाइ बाच्ने गर
तर अपसोच खोक्रो आडम्बरको दोसल्ला
ओढेर रमाउने धेरै रहेछन् यहाँ |
अतितलाई हेरेर बर्तमानमा केही सिकेर
अगाडि बढ्ने गर
तर अपसोच अतितलाई चटक्क बिर्सेर
सुन्दर भविस्यको परिकल्पना गर्ने धेरै रहेछन् यहाँ ||
हर दु:ख सूखमा साथ दिनेलाई
आफ्नो भनि चिन्ने गर
तर अपसोच दु:खमा साथ दिनेहरूलाई
आफ्नो सूखमा बिर्सने धेरै रहेछन् यहाँ |||
स्वर्थी संसारको माझमा
चोखो मायाको अर्थ बुझ्ने गर
तर अपसोच चोखो माया गर्नेहरूलाई नै
पराइ ठान्ने धेरै रहेछन् यहाँ ||||
आफ्नो नजरमा को आफ्नो
को विरानो चिन्ने गर
तर अपसोच अरुको खुशी र भलो
चाहनेहरूलाई नै दोस दिने धेरै रहेछन् यहाँ |||||
जरुरत पर्छ एक दिन गल्लीमा
हिड्ने भुसिया कुकुरको पनि भनेर सिक्ने गर
तर अपसोच आफ्नो खुशीको रमझममा
आफ्नालाई लात हान्ने धेरै रहेछन् यहाँ ||||
Subscribe to:
Comments (Atom)