Heartily Welcome To My Blog

Sunday, August 28, 2011

तीज विशेष कार्यक्रम 2068




हिजो हरितालिका तीजको अवसरमा लारामीवासी नेपाली महिलावर्गले आयोजना गर्नुभएको तीज विशेष कार्यक्रमका  सु-सम्पन्न  भयो | सर्वप्रथम यस कार्यक्रमको  आयोजना गर्ने  लारामीवासी भाउजुहरु तथा दिदि-वहिनीहरुलाई धेरैधेरै धन्यवाद टक्र्याउन चाहन्छु | भब्यरुपमा आयोजना गरिएको यस कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना गर्न धेरै सहयोग पुराएको  भन्ने हाम्लाई लाईराछ |यस किसिमको कार्यक्रमले हामी सबै नेपालीको सभ्यतासंस्कृति चाडपर्वको  समेत उत्थाहन गरेको हुदा  वर्तमान परिपक्स्यमा हामी लारामीवासी नेपाली धेरै खुसि भएको स्थिति हो  हुनुपर्छ पनि भन्ने हाम्रो ठम्याई हो | यस्ता कार्यक्रमहरु भविस्यमा पनि  आयोजना हुने  भन्ने हामीले पूर्ण विश्वास लिएका छौ | 
          स्वादिलो  खानेकुराको मिश्रणगीतसंगीतअनि नाचगानकार्यक्रमको आकर्षणको केन्द्रबिन्दु हुनेपर्ने थियो भन्ने जुन हाम्रो सोच  थियो,कार्यक्रममा सबै तेही अनुरुप पाउदा हामी सबै  (specially boys groupखुसि भएको  हामीलाई धेरै नै रमाइलो लागेको अवस्था थियो | तर आज ति खानेकुरा   नाचगान केवल इमेजमा मात्र रहदा अनि  खाना  आफैले आफ्नो अपर्त्मेंटमा बनाउनु पर्दा हामी ज्यादै नै दुखि भएको पनि नभएको होइन | यस कार्यक्रममा  सम्पूर्ण भाउजुहरु  दिदिबहिनिहरुको साथै लोक दाइबसन्त दाइभगवान सुबेदी उपेन्द्र दाइहरुको नाचगानले  यो मानेमा कार्यक्रममा झन् एउटा नया रोचकता थपिएको थियो भन्ने हाम्लाई लाईराछ | उपेन्द्र दाइको नाचको त जति प्रसंशा गरेपनि कम नै हुन्छ | उहाको नाचको तालमेल अनि expression ले सबैलाई नाच्न प्रेरित  गरिरहेको थियो | उहाको नाचको बारेमा जति लेखे पनि कमि हुन्छ | तपाइँहरु पनि उपेन्द्रदाइको नाच हेर्न लालायित हुनुहुन्छ भने आगामी कार्यक्रमहरु miss नगर्नुहोला |
           जे होस् भाउजुहरु सबैले गर्नुभएको यस कार्यक्रम निकै रमाइलो थियोमलाई लाग्दछ नेपाली संस्कृतिको  टेवा पुर्याउने यस्तो उल्लेखनीय कामको हामी सबैले प्रसंशा गर्नुपर्छ | नेपाली चाडपर्वको यस किसिमको आयोजनामा हामी सबै मिलेर साथ दिनुपर्छ अनि एकरुप भएर अगाडी बढ्नुपर्छ | हामि सबैको उपस्थितिको लागि हामी सबैलाई धेरै धेरै आभारीअझ यस कार्यक्रमको आयोजना गरेर लारामीमा एउटा नयां आयाम  थप्ने भाउजुहरु  दिदि बहिनिहरुको यस महान कार्यप्रति प्रदीपको सलाम !