Heartily Welcome To My Blog

About Me


नमस्कार म प्रदीप न्यौपानेको यहाँहरुलाई हार्दिक अभिवादन| मेरो ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ| जीवनरेखा सधै एउटै सरलरेखामा हिडदो रहेनछ; जीवनश्रोत सधैं एउटै भङगालोमा बग्दो रहेनछ| जीवनसङ्ग्राममा पुर्णिमाको उज्यालो मात्र होइन;औसीका काला रातहरु पनि आउँदा रहेछन|जीवन सुख, दु:खको सङगम रहेछ| समयको वेगसगै आफ्नो ईछ्या आकङछ्या साकार गर्न भनौ या भाग्यको खेल भनौ मानीस आफ्नो प्यारो मुलुक अनी परिवारसँग बिछोड हुनुपर्दो रहेछ। भनिन्छ बिछोडको पिडाले मुटु छिया-छिया बनाउछ,त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ| म पनि आफ्नो सपना साकार पर्न आज आफ्नो मुलुक र परिवारसँग टाढा हुन पुगे|जीवनका सपनाहरुलाई सार्थक तुल्याउन म आफ्नो जीवनलाई नयाँ गोरेटोमा डोरयाउन बिबस भय| एकातिर म आफ्नो सपनाको गन्तब्यतर्फ लम्कीरहन पाईरहेको वर्तमान पेरिस्थीतीमा खुशी छु भने अर्कोतिर आफ्नो प्यारो राष्ट्र नेपाल अनी परिवारसँगको बिछोडको पिडाहरु मुटुमा सँगालेर राख्न्न वाध्य छु|भनिन्छ "जीवन बिछोडपछीको मिलन हो",त्यसैले यो नयाँ संसारमा आज मुटुमा बिछोडका चोटहरु लुकाएरै भएपनी म आफ्नो सपनालाई मुर्तरुप दिनको लागि आफ्नो गन्तब्यमा तल्लिन भएर लागेको छु| धन्यवाद! धन्यवाद!! धन्यवाद!!!