Heartily Welcome To My Blog

Saturday, December 29, 2012

Happy Birthday and New year Wishes to my friends and loved ones

नव वर्ष 2012 तथा  जन्मदिनको धेरै-धेरै शुभकामना !!! जीवनको  हरेक पाइलाले सफलताको शिखर चुमोस, जिवनरुपी बगैचामा रमाउदा-रमाउदै  सामना गर्नुपर्ने औसिरुपी काला-काला घनघटाहरुलाई पुर्णिमाको उज्यालोले ढाकोस, फूलरुपी जिबनका  पत्रहरुलाई ओईलिन नदिई  सफलताका कोपिलाहरू सधैभरि फुलिरहोस अनि धमिलो क्षितिजको घेरालाई पार गरि सुनैलो बिहानीको आगमनसंगै सुनैलो भविस्यको परिकल्पनाका  रहरहरु चम्किरहोस !!!!

Christmas Celebration 2012

We had a wonderful Christmas celebration this year with host family. We really loved foods that were so delicious. Hope you all will have a wonderful time ahead. May this Christmas occasion brings good health, joy, peace and lots of happiness in your life.    I have uploaded some photos from this celebration.








Sunday, June 10, 2012

My Birthday Celebration


Having not celebrating my Birthday for years, I celebrated my birthday with my roommates and host family this year. I would like to thank Host family for a delicious and lovely dinner as well as for cake they arranged for my Birthday. My family (N...) and relatives offer me precious wishes and blessings as usual on the very happy day-my Birthday. It was a wonderful time to celebrate my Birthday with host family and my roommates. Your blessings, I believe, will bring never ending success with contentment. Thank you very much for making this wonderful day very memorable and exciting.
                                 I have added some photos from my Birthday Celebration: 










                

Saturday, March 17, 2012

मेरो साथीको एक प्रेम कथा

यो मेरो साथीको एक प्रेम कथा हो| कसैको व्यक्तिगत जीवनसँग मिल्न गएमा सम्योग मात्र हुने छ|मलाई मेरो साथिले सुनायको एउटा निकै दर्दानक अनी वियोगान्त कथा हजुरहरू सामु पेश गरेको छू |
                   म एउटा सरल र सोझो मान्छे सबैको भलो चाहने, सत्रुको पनि कुभलो नसोच्ने मान्छे,केटीको माया प्रेममा विश्वाश नगर्ने मान्छे|मलाई थाहा थिएन माया लागेर लाईदो रहेनछ,माया त आँफै हुदो रहेछ| ५/६ बर्ष अघिको जब मैले उनीलाई अर्थाथ मेरि जुलीलाई देखे-भित्र भित्रै मन पराउन थाले|हिजोको दिनसम्म मायाको अर्थ नबुझेको ममा अचानक उनिप्रतीको माया जाग्न थाल्यो|मलाई थाहा थिएन-मेरी जुलीको मायाले मलाई यसरी टड्पाउछ अनी जुलीको मायामा यसरी पागल हुन्छु भनेर| उनिप्रतीको माया बढ्न थाल्यो तर उनीलाई भन्न सकिन किनकी म सोच्दथे म आफ्नो खुट्टामा उभियपछी यो सबै कुरा भन्नुपर्छ भनेर|दिन बित्दै गए,जुलीप्रतीको माया पनि गाढा हुँदै गयो| म सोच्दथे जुली मेरि हुन-केबल मेरि| जुलिसँग खासै धेरै भेट त भएन तर जुलीको सम्झनाहरू मेरो वरिपरि घुमिरहन्थे| समय बित्दै गयो-जुलीलाई कहिलै मनको कुरा भन्न सकिन न त जुलीलाई मेरो मनको भावनाहरू पोख्न उचित समय नै मिल्यो |मलाई थाहा थियो चोखो माया सधैं अमर हुन्छ भनेर,त्यसैले माया गरिरहे तर उनीलाई कहिलै मनको कुरा भन्न सकिन| 
                  दिनहरू बित्दै गए, म र जुली छुट्टाछुट्टै आफ्नो आफ्नो उदेस्य प्राप्तीको लागि फरक-फरक गन्तव्यतिर लाग्यौ|केही बर्षपछी सम्योगवस जुली र मेरो भेट भयो| मैले जुलीलाई नजिकैबाट मायाको प्रस्ताब राख्ने मौका त पाये तर फेरि सोचे  त्यो दिन मात्र जुलीलाई मनको सबै कुरा भन्छु जुन दिन म आफ्नो खुट्टामा उभिन्छु|मनका सबै चाहनाहरू मन भित्रै दबायेर राखे|जब जुलीसँग छुट्टिने बेला आयो-जुलीलाई धेरैबेर हेरिरहे र मुटुभरी जुलीको तस्बिरलाई सजायेर फेरि आफ्नो पढाईतिर लागे| उनको  पनि पढाई अगाडि बढ्दै थियो|एकदिन म निकै आचार्यमा परे र मलाई ठुलै पहाडले थिचेको जस्तो धेरै गाह्रो भयो किनकी मेरि जुली धेरै टाढा गएको खबर थाहा पाये|मलाई के थाहा आखिर जिन्दगी कतिखेर के हुन्छ भनेर|जुली धेरै टाढा गएको खबरले मलाई धेरै रुवायो-सोदथे मेरि जुली कहाँ के गर्दै होलिन|फेरी आफ्नो मनलाई धेरै सम्झाउने प्रयास गरे-अखिर जुली आफ्नो उज्जल भविस्यको लागि गएकी हुन र धेरै खुशी हुने प्रयास गरे| आखिर मेरो पनि त मन हो जति खुशी हुने प्रयास गरे पनि रातदिन जुलीको सम्झना अनी पिरले मेरो आखाबाट मोतिरुपी आसुका दानाहरू खसे|धेरै रोये कराये तर जुलीलाई कहिलै बिर्सन सकिन| जुलीलाई दोश दिन चाहन्न किनकी भन्न नसक्नु मेरो ठुलो भुल थियो |अखिर जुली पनि के गरुन्-उनीलाई मेरो माया के थाहा न त उनीलाई थाहा थियो मैले उनीलाई आफ्नो सोचेको थिए भनेर|
                  येत्तिकैमा मैले एउटा कम्पनीमा म्यानेजरको कामको लागि एपलाई गरे र म पनि विदेशयात्रातिर अगाडि लम्के| मेरो कमाई पनि राम्रो थियो;महिनाको ३०,०० जति हुन्थ्यो|म धेरै खुशी थिए तर घरपरिवार र जुलीको पिरले दिनरात पिरोलिरहेको थियो|बिस्तारै जुलीको संपर्क(फोन,एमैल,र फेसबूक) खोज्न थाले तर मैले जुलीको संपर्क पाउन सकिन|जुलीको सम्झनामा दिनहरू बित्दै गयो-अचानक एक दिन जुलीसँग संपर्क भयो|भनिन्छ नी चोखो माया गर्नेहरूलाई भगवानले पनि हेर्छन भनेर|जुलीसँग सपर्क हुँदा मेरो खुशीको सीमा रहेन|जुलिसँग सूख दु:खका गफ हुँदा थियो र धेरै खुशी भैरहेको थियो|जुलीलाई मेरो मनको सबै कुरा भन्छु भनेर भूमिका निभाइरहेको थियो|जुली सँग कुरा गर्दै जादा मेरा सारा खुशी ओईल्यायेर गयो र पलभरको खुशीजती दु:खमा परिवर्तन भए|कुरा गर्दै जादा पो थाहा पाये जसलाई मैले येति धेरै माया गरे ऊ त अर्कैकी भैसकेकी रहेछिन|छातिभरी सजायका ती सबै सपनाहरू सबै हुरीले उडायो,मेरो मायाको संसारमा जुलीलाई सजाउने मेरो सपना केबल सपना मात्र भयो|मलाई के थाहा थियो-मैले देखेको सुनौलो सपनाले मलाई आज येति धेरै चोट दिन्छ भनेर| मेरो टुक्रियेको मुटुलाई सम्हालेर जुलिसँग कुरा गर्दै जादा जुलीसंग मेरो मनका सबै कुरा भने र मलाई नराम्रो नसोच्न बिनम्र अनुरोध गरे|जुलीलाई मेरो मनको सबै कुरा भने| जुलीले मेरो कुरा सुनेपछी मलाई धेरै गाली गर्दै भनिन-हजुरले येतिका कुरा अहिलेसम्म किन नभन्नुभयेको त,किन यी सब कुराहरु लुकायेर राख्नुभयेको त| मलाई धेरै गाली गरिन र धेरै बेर रोइन अनी भनिन अब धेरै ढिला भैसक्यो,चाहेर पनि म केही गर्न सक्दिन, हजुर धेरै खुशी रहनुस्|रुदै धेरै कराइन र फेरि भनिन:
                    मलाई बिर्सन्छौ कि भनेर भन्ने गर्छिन, मलाई सधैं यसरी नै माया गर्ने गर भनेर भन्ने गर्छिन, जे भय पनि तिमी यस्तै रहनु तिमीमा कुनै परिवर्तन नआओस भन्ने गर्छिन, मलाई माया गर्नु मलाई कहिलै नरुवाउनु भन्ने गर्छिन, तिमी जहाँ भय पनि मलाई तिम्रो हृदयमा सजाउनु भन्ने गर्छिन, आँखामा कहिलै आसुँ आउन नदिनु भनेर भन्ने गर्छिन, हरेक सुख दु:खमा साथ दिनु भनेर भन्ने गर्छिन, म तिम्रै लागि बचिरहेको भन्ने गर्छिन, तिमीलाई आफु भन्दा धेरै माया गर्छु भन्ने गर्छिन, तिमी जहाँ म त्यहा भनेर भन्ने गर्छिन,तिम्रो हरेक पाईलामा तिम्रो साथ् छु भनेर भन्ने गर्छिन, तिमी आट म पुरा गरिदिन्छु भनेर भन्ने गर्छिन,तिम्रो जीवन फलोस फुलोस सुखमय बनोस भनेर भन्ने गर्छिन,अखिर जती सुकै रङ रमाइलो भय पनि मलाई कहिलै नबिर्सनु,भन्ने गर्छिन-केवल मेरी जुलीले |
                    त्यसपछी जे हुनु भैसक्यो भनेर त्यसैले अचाल हामीले एक अर्कालाई कन्ट्याक्ट् गर्दैनौ| कहिलेकाही जुलीले के कस्तो छ भनेर सन्देश पठाउने  गर्छिन र भन्ने गर्छिन-मेरो प्यारो प्रेम तिमी सधैं खुशी हुनु र म पनि हजुरलाई धेरै माया गर्छु,यो जूनीमा हुन नसकेपनी अर्को जूनीमा म हजुर्कै हुन्छु-केबल हजुरकी| आफ्ना पिडाहरूलाई मनभित्रै राखेर बाहिरी संसारमा आज म जुलिबिना एक्लो भएको छू र एउटा निकै दयनिय जिन्दगी बिताइरहेको छू |
             भाग्यमा जे लेखिएको छ तेही मात्र पाईन्छ, शायद मेरो भाग्य खोटो थियो होला त्यसैले आज जुलिबिनाको एक्लो जीवन् बिताउन बिबस छू| जुली म तिम्रो हुन नसकेपनी म तिमिलाई सधैभरी चोखो माया गरिरहने छू|समयको गतिसगै आत्मियहरुसँग टाढा हुनुपर्ने भाग्यको खेल रहेछ या भनौ विधाताको नियम रहेछ |मेरो एक मुठी सास अनी शरीरमा एक थोप रगत रहेसम्म हिजो पनि म तिम्रै लागि बाचेको थिय, भोलीपनी तिम्रै लागि बाच्ने छु,   तिम्रो एक पल खुशीको लागि म हजारौं दु:खहरु सहन तयार छु,तिम्रो एक मुस्कानको लागि म लाखौंपटक आँखाबाट आसुँरुपी दानाहरु बर्षाई साउने भेलको याद मेटाउन तयार छू|जुली तिम्रो खुशीको लागि हासी-हासी हजरौ चोटि मर्न तयार छू-केबल जुली तिम्रो लागि| जुली आज तिमी म सँग नभयेपनी तिम्रो सम्झनाहरू मेरो ह्रिदयेमा कैद छन्|म जहाँ जस्तो रहेपनी मेरि जुली तिमी धेरै खुशी रहनु|



उही तिमिलाई धेरै माया गर्ने
अभागी प्रेमी xxxx


Saturday, March 3, 2012

हजुरहरू पनि हिउमा चिप्लिन (Sledding) जाने की

आज घरमा एकदमै झ्याउ लागेर बसिरहेको थिए |अचानक रोशन भाई र बम दाईले स्लेद्दिङ (Sledding) गर्न जाने हो भन्नुभयो | कुरा बुझ्दै जादा त बसन्त दाईले भन्नुभयेको रहेछ् | मैले पनि हुन्छ भनिहाले र हामि (बसन्त दाई, उपेन्द्र दाई, रोशन भाई र म)दिउसो २:३० बजेतिर-Happy Jack  रोड तीर गयौ- हिउमा चिप्लिन जानको लागि | त्यहा त हावा पनि धेरै नै लागिरहेको थियो र चिसो पनि उत्तिकै रहेछ |त्यहाँ पुगेपछि हुरी बताससगैको चिसो मौसममा धेरै रमाइलो गरियो-Sledding गर्दै| करिब डेढ घण्टा स्लेद्दिङ गरि अपार्त्मेन्टतिर फर्कियौ| जे होस् आजको दिन निकै रमाइलो भयो |बसन्त दाईलाई धेरै धेरै धन्यबाद!!!

 Sledding  का केही फोटोहरू 





















Friday, January 13, 2012

तिम्रो माया कस्तो कस्तो


अगाडि हेरे रित्तो , पछाडि हेरे भित्तो
तर पनि तिम्रो तस्बिरले सजाई कोठा
आज एकान्तमा तिम्रो सम्झनाको साहाराले बाचिरहेको छू |||

 कहाँ तिमी कहाँ तर माया गाढा 
अनी समयलाई चिन्न नसक्दा तिमीविना
आज एकान्तमा एक्लै तिमिलाई सम्झि बाचिरहेको छू|||

माया गर्छु भनेकै थिए, साथ दिन्छु भनेकै थिए
तर तिम्रो कुरा बुझ्न नसक्दा
आज वियोगको पिडामा छटपटीई बाचिरहेको छू|||

हजुरलाई चोखो माया गर्छु भन्ने
तिमिले आज चटक्क माया मार्दा
चोखो मायाको अर्थ खोजी बाचिरहेको छू |||

आफन्तलाई भन्दा धेरै माया गर्छु हजुरलाई भन्ने
तिमीले आज मलाई पराइ ठान्दा यो स्वार्थी संसारमा
आज भाग्यलाई दोस दियेर बाचिरहेको छू|||

हजुरको तस्विरले मेरो मन सजाउछु
हजुरको मायाले यो जिन्दगी बिताउछु भन्ने
तिमी आज  बाट धेरै टाढा हुँदा
आज स्वार्थी मायालाई  बुझ्ने प्रयास गर्दै बाचिरहेको छू |||

तिमिले पराइ ठानेपनी तिम्रो सम्झनालाई ह्रिदयमा साची
बाँकी जिन्दगी बिताउने प्रयास गर्दै

तिमिलाई मेरो जीवन समर्पण गर्दै
आनि "सम्झना हरुलाई अङ्गाल्दै"  '"जिये तो जिये कैसे जिये"" गीतहरू सुन्दै   ……..
आज एकान्तमा रोइ विवसताको  जिन्दगी बाचिरहेको छू||||

Monday, January 9, 2012

मेरो नजरमा तिमी

आज ल्याबमा काम गर्दा गर्दै झ्याउ लागेर आयो र Department बाट apartment तीर प्रस्थान गरे | Apartment मा आएर दुई चार शब्द कोर्ने प्रयास गरेको छू |येसो जीवन् बारे सोचेर केही लेख्न तम्सिये र कोरे पनि | म जिन्दगीको गोरेटोको हर दु:खमा पनि रमाउन चाहने मान्छे | मलाई कुनै अपसोच पनि छैन् न कोहिप्रती रिस राग नै छ| म आफू जीवनको हर पलमा रमाउन चाहाने  अनी अरुलाई अरुलाई पनि यहि रङगमन्चमा रमाउन कोशिश् छ|गरिरहने मान्छे | म त सत्रुको समेत कुभलो नचाहाने मान्छे | आफ्नो खुशीको तिलान्जली दियेर भएपनी अरुको खुशीमा रमाउन सिकीसकेको मान्छे | यी त जीवनको गोरेटोमा भोग्ने र झेल्ने कुरा न हुन| Anyway तपाईंहरू पनिनि खुशी रहनुस्, मजबुत रहनुस्, आनि अरुलाई गाड्नुस् र आँफै पनि गाडिनुस्- मेरो एही शुभकामना छ |

यथार्थको धरातललाई आधार
बनाइ बाच्ने गर
तर अपसोच खोक्रो आडम्बरको दोसल्ला
ओढेर रमाउने धेरै रहेछन् यहाँ |

अतितलाई हेरेर बर्तमानमा केही सिकेर
अगाडि बढ्ने गर
तर अपसोच अतितलाई चटक्क बिर्सेर
सुन्दर भविस्यको परिकल्पना गर्ने धेरै रहेछन् यहाँ ||

हर दु:ख सूखमा साथ दिनेलाई
आफ्नो भनि चिन्ने गर
तर अपसोच दु:खमा साथ दिनेहरूलाई
आफ्नो सूखमा बिर्सने धेरै रहेछन् यहाँ |||

स्वर्थी संसारको माझमा
चोखो मायाको अर्थ बुझ्ने गर
तर अपसोच चोखो माया गर्नेहरूलाई नै
पराइ ठान्ने धेरै रहेछन् यहाँ ||||

आफ्नो नजरमा को आफ्नो
को विरानो चिन्ने गर
तर अपसोच अरुको खुशी र भलो
चाहनेहरूलाई नै दोस दिने धेरै रहेछन् यहाँ |||||

जरुरत पर्छ एक दिन गल्लीमा
हिड्ने भुसिया कुकुरको पनि भनेर सिक्ने गर
तर अपसोच आफ्नो खुशीको रमझममा
आफ्नालाई लात हान्ने धेरै रहेछन् यहाँ ||||