Heartily Welcome To My Blog

Friday, January 13, 2012

तिम्रो माया कस्तो कस्तो


अगाडि हेरे रित्तो , पछाडि हेरे भित्तो
तर पनि तिम्रो तस्बिरले सजाई कोठा
आज एकान्तमा तिम्रो सम्झनाको साहाराले बाचिरहेको छू |||

 कहाँ तिमी कहाँ तर माया गाढा 
अनी समयलाई चिन्न नसक्दा तिमीविना
आज एकान्तमा एक्लै तिमिलाई सम्झि बाचिरहेको छू|||

माया गर्छु भनेकै थिए, साथ दिन्छु भनेकै थिए
तर तिम्रो कुरा बुझ्न नसक्दा
आज वियोगको पिडामा छटपटीई बाचिरहेको छू|||

हजुरलाई चोखो माया गर्छु भन्ने
तिमिले आज चटक्क माया मार्दा
चोखो मायाको अर्थ खोजी बाचिरहेको छू |||

आफन्तलाई भन्दा धेरै माया गर्छु हजुरलाई भन्ने
तिमीले आज मलाई पराइ ठान्दा यो स्वार्थी संसारमा
आज भाग्यलाई दोस दियेर बाचिरहेको छू|||

हजुरको तस्विरले मेरो मन सजाउछु
हजुरको मायाले यो जिन्दगी बिताउछु भन्ने
तिमी आज  बाट धेरै टाढा हुँदा
आज स्वार्थी मायालाई  बुझ्ने प्रयास गर्दै बाचिरहेको छू |||

तिमिले पराइ ठानेपनी तिम्रो सम्झनालाई ह्रिदयमा साची
बाँकी जिन्दगी बिताउने प्रयास गर्दै

तिमिलाई मेरो जीवन समर्पण गर्दै
आनि "सम्झना हरुलाई अङ्गाल्दै"  '"जिये तो जिये कैसे जिये"" गीतहरू सुन्दै   ……..
आज एकान्तमा रोइ विवसताको  जिन्दगी बाचिरहेको छू||||

No comments:

Post a Comment