Heartily Welcome To My Blog

Monday, January 9, 2012

मेरो नजरमा तिमी

आज ल्याबमा काम गर्दा गर्दै झ्याउ लागेर आयो र Department बाट apartment तीर प्रस्थान गरे | Apartment मा आएर दुई चार शब्द कोर्ने प्रयास गरेको छू |येसो जीवन् बारे सोचेर केही लेख्न तम्सिये र कोरे पनि | म जिन्दगीको गोरेटोको हर दु:खमा पनि रमाउन चाहने मान्छे | मलाई कुनै अपसोच पनि छैन् न कोहिप्रती रिस राग नै छ| म आफू जीवनको हर पलमा रमाउन चाहाने  अनी अरुलाई अरुलाई पनि यहि रङगमन्चमा रमाउन कोशिश् छ|गरिरहने मान्छे | म त सत्रुको समेत कुभलो नचाहाने मान्छे | आफ्नो खुशीको तिलान्जली दियेर भएपनी अरुको खुशीमा रमाउन सिकीसकेको मान्छे | यी त जीवनको गोरेटोमा भोग्ने र झेल्ने कुरा न हुन| Anyway तपाईंहरू पनिनि खुशी रहनुस्, मजबुत रहनुस्, आनि अरुलाई गाड्नुस् र आँफै पनि गाडिनुस्- मेरो एही शुभकामना छ |

यथार्थको धरातललाई आधार
बनाइ बाच्ने गर
तर अपसोच खोक्रो आडम्बरको दोसल्ला
ओढेर रमाउने धेरै रहेछन् यहाँ |

अतितलाई हेरेर बर्तमानमा केही सिकेर
अगाडि बढ्ने गर
तर अपसोच अतितलाई चटक्क बिर्सेर
सुन्दर भविस्यको परिकल्पना गर्ने धेरै रहेछन् यहाँ ||

हर दु:ख सूखमा साथ दिनेलाई
आफ्नो भनि चिन्ने गर
तर अपसोच दु:खमा साथ दिनेहरूलाई
आफ्नो सूखमा बिर्सने धेरै रहेछन् यहाँ |||

स्वर्थी संसारको माझमा
चोखो मायाको अर्थ बुझ्ने गर
तर अपसोच चोखो माया गर्नेहरूलाई नै
पराइ ठान्ने धेरै रहेछन् यहाँ ||||

आफ्नो नजरमा को आफ्नो
को विरानो चिन्ने गर
तर अपसोच अरुको खुशी र भलो
चाहनेहरूलाई नै दोस दिने धेरै रहेछन् यहाँ |||||

जरुरत पर्छ एक दिन गल्लीमा
हिड्ने भुसिया कुकुरको पनि भनेर सिक्ने गर
तर अपसोच आफ्नो खुशीको रमझममा
आफ्नालाई लात हान्ने धेरै रहेछन् यहाँ ||||

No comments:

Post a Comment