Heartily Welcome To My Blog

Sunday, December 25, 2011

Graduation Party (with Videos)


हेर्दा हेर्दै १ बर्ष बितेको पत्तो नै भयेनछ,क्रिस्मस आयेछ| सर्बप्रथम त क्रिस्मसको यस सुखद घडीमा हजुरहरूको उत्तरोउत्तर प्रगतिको कामना गर्दै धेरै धेरै शुभकामना ब्यक्त गर्न चाहान्छु| हामी सबैको जिन्दगी फलोस् फुलोस, एही छा मेरो हार्दिक मंगलमय शुभकामना!!! जहाँ गएपनि क्रिस्मसको रोनक छ| क्रिस्मसको अवसरमा लारामीमा पार्टीहरू पनि धमाधम भैरहेका छन् | क्रिस्मसको यस अवसरमा नेपाली दाजुभाई-दिदिबहिनी अबम भाउजुहरूहरुसँग शुभकामना पनि आदान्प्रदान भो अनी निकै मिठो भोजभतेरको पनि चुस्की लगाईयो |


                    समयले १ बर्षको अवधीमा धेरै नै परिवर्तनको रुप देखायो| मेरा लागि यो बर्ष नट गूड् नट ब्याड रह्यो |समयको केही क्षणमा विगतका आघातहरूले मुटु छिया छिया बनायो भने, केही क्षणमा आफ्नो जिन्दगीको सपनाहरूको लहरमा एउटा महत्तोपुर्ण उपलब्धी पनि हासिल गरे| हुन पनि त यो एउटा जीवनचक्र हो जहाँ हामिले खुशीको पानाहरू मात्र होईन, दु:खका पिडाहरूलाई आत्मसाथ गर्नुपर्ने हुन्छ| येही डिसेम्बरमा ग्राजुयेसन पनि भए, जुन  जीवनको एउटा सफलताको गोरेटो र भविस्यको लागि वर्तमानको बलियो जग पनि थियो|  
                एउटा नयाँ प्रसङग पनि जोड्न मन लाग्यो| कुरा एक साता अघिको हो| मेरो Graduation को अवसरमा मैले एउटा सानो Party राखेको थिए|लारामी नेपालीहरूको उपस्थितीले उक्त पार्टी निकै रमाइलो भयो| सबै जना नाच्न र गाउन बेस्त हुनुहुन्थ्यो | लोक दाई,बिनोद दाई, सरोज दाई, शोभा भाउजु, नीरु भाउजु र अनुपा भाउजु अबम ध्रुब, सुदिप, अजितको नाचले पार्टी निकै नै रमाइलो भएको थियो |लोक दाई र सरोज दाईको नाच हेर्न सबै जना लालायित हुनुहुन्थ्यो| रोशन भाईको नाच को कुरा गर्न झन्डै बिर्सेंको | जे  होस् हल्लेर हुन्छ की, ब्रेक डान्स गरेर हुन्छ, नौलो डान्स देखाईरहेको थियो-रोशन भाईले | पार्टीमा नयाँ रोनक थप्दै हुनुहुन्थ्यो अनुपा भाउजुले| शायद अनुपा भाउजुको झाप्पड नखाने कोहि पनि थिएन होला |उहाँलाई हलुका जुस लागेको जस्तो देखियेको थियो तेसैले त झाप्पड धेरैलाई हान्नुभयो| जे होस् निकै रमाइलो भएको थियो | 
 सानु यानिकी सरोज पौडेलको डान्स पनि खतरा थियो किनकी उ डान्स गर्नु भन्दा पनि धेरै भुइमा धेरै लडिरहेको हुन्थ्यो| पछि भगवान सुबेदी र सरोज दाईले "चोली की पिछे क्या हे" भन्ने बोलको गीतमा Face and Body Expression सहित निकै राम्रो नाच देखाउनु भयो, शायद उहाँहरूको नयाँ नाचको नयाँ भिडियो बजारमा निकै चाँडो आउछ होला| लारामीमा सरोज दाई र भगवानको यो डान्सले निकै चर्चा बटुलेको छ| लोक दाई र सरोज दाईको Face and Body Expression  मैले यहाँ लेखेर ब्यक्त गर्न सक्दिन,त्यसको लागि क्रिपया माथिको भिडियो हेर्नुस् है त
             सरोज दाईलाई सबै जनाले "Best Laramie Nepali Dancer of the Year" भनेर घोषणा त गरियो, तर पुरस्कार पनि अहिलेसम्म दीईयेको छैन्| मलाई आसा छ, उहाँलाई निकट भविस्यमा स-सम्मान पुरस्कार पनि प्रदान गरिने छ| हजुरहरू आइदिनु भएर पार्टीको सोभा वढाईदिनुभयकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद !!!