Heartily Welcome To My Blog

Friday, December 21, 2018

चोखो माया

तिम्रो साथ भएर त तिम्रो बात मिठो भो
हानेको नजर निसानामा लागेर त यो जोवन झन्-झन् ठिटो भो
तिम्रो असिम माया र सम्झनामा मेरो मुटु धड्किरहेको छ
मुटुको धड्कन रोक्न नसक्दा त तिमी प्रतिको पिरती दिगो भो
चोखो माया कुनै शक्ति, पैसा र पावरको धरोहर हुदैन
लाएको माया अजम्बरी भएर त हाम्रो नाता झन्-झन् कसिलो भो
तिम्रो साथ भएर त तिम्रो बात मिठो भो
हानेको नजर निसानामा लागेर त यो जोवन झन्-झन् ठिटो भो

Friday, December 14, 2018

कलियुगको माया 2

मेरो माया तिम्रो लागि, तिम्रो माया खै कसको लागि
न साथ पाए न माया पाए, तिम्रो बाचा खै कसको लागि /

आजकल मुटु झस्केर दुख्छ मुलायम दुबोमा बस्दा पनि
मेरो भनि दुबोले उनेर लगाइदिएको वरमाला खै कसको लागि //

रगत माग्यौ, चोटै चोटको खुकुरीले अचानो सम्झी प्रहर गर म सहिदिउला
माग्न त सिन्दुर पनि रातै हुन्थ्यो, मागिएको मेरो रगतको बलिनधारा खै कसको लागि///

सायद तिम्रो मुटु आज सानो भएछ क्या, मेरो मायाले बास पाउन सकेन
संगै जिउने मर्ने भनेर त्यो मुटुमा कोरिएको जीवन खाका खै कसको लागि ////

कुनै गुनासो छैन, रमाउन त रमाउ तिमि आफ्नो संसारमा मलाई भुलेर
तर हिजो मेरो मायाको रंगमंचमा रमाएर तिमीले गएको भाका खै कसको लागि /////

मेरो हरेक यात्रा तिमीले छायासरि पच्छायजस्तो लाग्छ
वास्तविकता हो कि यो मेरो भ्रम, चालिएका ति पाईला खै कसको लागि /////

डर लाग्छ हिजोआज हिड्न पनि तिमिले डोली चडेर गएको बाटो
संगै हिड्दा तेही बाटोमा मैले खाएको तिम्रो बा को भाटा खै कसको लागि /////

मेरो माया तिम्रो लागि, तिम्रो माया खै कसको लागि
न साथ पाए न माया पाए, तिम्रो बाचा खै कसको लागि /

Thursday, December 6, 2018

तिम्रो माया


ढुंगा होइन बहुमुल्य रत्न, तिम्रो माया सस्तो कहाँ हुन्छ र प्रियसी
यमलोक होइन स्वर्गको बगान, तिम्रो साथ मृतुको पासो कहाँ हुन्छ र प्रियसी /

गोधुली साँझमा आजभोली धेरै पिउने गर्छु आएर तिम्रो सम्झना
Beer होस् या Red Label, नसामा डुबेसी तिम्रो खाचो कहाँ हुन्छ र प्रियसी //

अधेरी रातमा तिमीलाई गहनाले चादनी जस्तो धपक्क बालिदिने रहर मेरो
मनको धनि धनको गरिब रहर भएर के गर्नु, सबैसंग कुबेरको साँचो कहाँ हुन्छ र प्रियसी ///

आफु जलेरै भएपनि चालिएका ति हरेक पाइलामा खुसीका बिजहरु छर्न पाईओस
सहारा मरुभूमि होइन सुन्दर मायाको फुलबारी, सधै बाझो कहाँ हुन्छ र प्रियसी ////


ढुंगा होइन बहुमुल्य रत्न, तिम्रो माया सस्तो कहाँ हुन्छ र प्रियसी
यमलोक होइन स्वर्गको बगान, तिम्रो साथ मृतुको पासो कहाँ हुन्छ र प्रियसी /

Monday, July 2, 2018

कलियुगको माया

माया कति सस्तो भाको, आलुको भाउमा बिक्न थाल्यो रे
कलियुगमा मायाको दियो झ्याप्प झ्याप्प निभ्न थाल्यो रे !
मायालाई हेर्ने नजर उही, केवल चस्मा बद्लिन थाल्यो रे
सस्तो चस्माबाट धमिलो, महँगोबाट सुन्दर भबिस्य देखिन थाल्यो रे !!
अजम्बरी चोखो माया, आजकल मानोमा नापिन थाल्यो रे
दुखमा साथको पुकार, सुखमा मायाको घाटि रेटीन थाल्यो रे !!!
माया कति सस्तो भाको, आलुको भाउमा बिक्न थाल्यो रे
कलियुगमा मायाको दियो झ्याप्प झ्याप्प निभ्न थाल्यो रे !