Heartily Welcome To My Blog

Friday, December 14, 2018

कलियुगको माया 2

मेरो माया तिम्रो लागि, तिम्रो माया खै कसको लागि
न साथ पाए न माया पाए, तिम्रो बाचा खै कसको लागि /

आजकल मुटु झस्केर दुख्छ मुलायम दुबोमा बस्दा पनि
मेरो भनि दुबोले उनेर लगाइदिएको वरमाला खै कसको लागि //

रगत माग्यौ, चोटै चोटको खुकुरीले अचानो सम्झी प्रहर गर म सहिदिउला
माग्न त सिन्दुर पनि रातै हुन्थ्यो, मागिएको मेरो रगतको बलिनधारा खै कसको लागि///

सायद तिम्रो मुटु आज सानो भएछ क्या, मेरो मायाले बास पाउन सकेन
संगै जिउने मर्ने भनेर त्यो मुटुमा कोरिएको जीवन खाका खै कसको लागि ////

कुनै गुनासो छैन, रमाउन त रमाउ तिमि आफ्नो संसारमा मलाई भुलेर
तर हिजो मेरो मायाको रंगमंचमा रमाएर तिमीले गएको भाका खै कसको लागि /////

मेरो हरेक यात्रा तिमीले छायासरि पच्छायजस्तो लाग्छ
वास्तविकता हो कि यो मेरो भ्रम, चालिएका ति पाईला खै कसको लागि /////

डर लाग्छ हिजोआज हिड्न पनि तिमिले डोली चडेर गएको बाटो
संगै हिड्दा तेही बाटोमा मैले खाएको तिम्रो बा को भाटा खै कसको लागि /////

मेरो माया तिम्रो लागि, तिम्रो माया खै कसको लागि
न साथ पाए न माया पाए, तिम्रो बाचा खै कसको लागि /

No comments:

Post a Comment