Heartily Welcome To My Blog

Thursday, December 6, 2018

तिम्रो माया


ढुंगा होइन बहुमुल्य रत्न, तिम्रो माया सस्तो कहाँ हुन्छ र प्रियसी
यमलोक होइन स्वर्गको बगान, तिम्रो साथ मृतुको पासो कहाँ हुन्छ र प्रियसी /

गोधुली साँझमा आजभोली धेरै पिउने गर्छु आएर तिम्रो सम्झना
Beer होस् या Red Label, नसामा डुबेसी तिम्रो खाचो कहाँ हुन्छ र प्रियसी //

अधेरी रातमा तिमीलाई गहनाले चादनी जस्तो धपक्क बालिदिने रहर मेरो
मनको धनि धनको गरिब रहर भएर के गर्नु, सबैसंग कुबेरको साँचो कहाँ हुन्छ र प्रियसी ///

आफु जलेरै भएपनि चालिएका ति हरेक पाइलामा खुसीका बिजहरु छर्न पाईओस
सहारा मरुभूमि होइन सुन्दर मायाको फुलबारी, सधै बाझो कहाँ हुन्छ र प्रियसी ////


ढुंगा होइन बहुमुल्य रत्न, तिम्रो माया सस्तो कहाँ हुन्छ र प्रियसी
यमलोक होइन स्वर्गको बगान, तिम्रो साथ मृतुको पासो कहाँ हुन्छ र प्रियसी /

No comments:

Post a Comment