Heartily Welcome To My Blog

Tuesday, April 21, 2020

"COVID-19 आखिर किन"

Corona 'तिम्रो' आगमन भयो किन अचानक, बताउन सकिएन
सारा संसारलाई यति धेरै पिडा दियौ किन भयानक, भुलाउन सकिएन /
मृतुको परिभाषा धेरै पटक पढे जिन्दगिको शब्दकोशमा, तिमीलाई मृतुको कारक पाईन
के दशा लाग्यो नि आयौ टप्प टिपेर लग्यौ लाग्छ जिन्दगि आश्चर्यजनक, भेउपाउन सकिएन //
रामायणमा जस्तै आमा र बाबा-जनकको हातबाट अन्मिने रहर हर छोरीमा हुदो हो
तर बा-आमालाई अंगालोमा रुदै बिदा गर्न नपाउने कयौ सिताहरुको मर्म, हे जनक देखाउन सकिएन ///
यो दुखको प्रहरमा पस्केको भात पनि खान नसकेर आमा सोध्नुहुन्छ "बाबु के छ खबर"
आमाले नभनेपनि 'तिम्रो' कारणले आमाको हराएको भोक र निन्द्राको भनक हटाउन सकिएन ////
हेर हाम्रो कहालीलाग्दो वर्तमान, देख्दैछु भविस्य अझ दर्दनाक
विन्ती छ जाउ तिमि, हाम्रो बिगतको कदम जुन थियो आपत्तिजनक सच्याउन सकिएन ////

No comments:

Post a Comment