Heartily Welcome To My Blog

Saturday, September 25, 2010

तीज-बिशेष पूजा

तिज- नेपाली महिलाहरुले मनाउने एउटा महत्वपुर्ण चाडपर्ब हो | तिज नेपालमा महिलाहरुले कसरि मनाउनु हुन्छ भनेर देखेको थिए अनि धेरै पुस्तकहरुमा पनि पढेको थिए | तर लारामीमा भाउजुहरुले यो चाड मनाएको देख्न पाउदा भने निकै राम्रो लाग्यो | बिदेशमा रहेर भएपनि नेपाली महिलाहरुले आफ्नो संस्कृतिलाई निरन्तरता दिनु हामी सबै नेपालीको लागि खुसीको कुरा हो | तिज कार्यक्रमहरुमा प्रतक्ष्य सामेल भएर आफुले पनि पुजामा सहयोग गरेको यो पहिलो अनुभब थियो | यसपाली तीज केहि बिसेस भयो- लारामीमा पनि पुजा गरि मनाईएको तिज देख्न पाईयो|

यसपालिको तिज कार्यक्रम अविस्मरनिय भयो- मलाइ पनि तेसपुजामा आमन्त्रण गरिएको थियो-पुजाको सहयोगको लागि | भाउजुहरु -जागित्री भाउजु, शोभा भाउजु,रुबिना भाउजु,पवित्रा भाउजु , प्रकृति भाउजु, सोनाम र पुस्पा तीजमा ब्रतबसी पुजाको लागि तयार हुनुहुन्थ्यो |तिजमा भाउजुहरुले धुमधाम नाचगान पनि गर्नुभएको रहेछ | लोक दाई,राजन दाई र म पुजाको लागि आवस्क्यक सहयोग गरिराखेका थियौ भने अर्कोतिर हामी फोटो खिच्न पनि व्यस्त थियौ | पूजामा ब्राह्मणको रुपमा राजन दाईलाई सहयोग गरेको भन्दा पनि तेती अनुचित नहोला किनकी समयले मनिसलाई धेरै कुर सिकाउदो रहेछ| पूजा नगरि नहुनेभएपछी बिदेशमा भएपनी पूजा गर्नुपर्दो रहेछ | राजन दाईलाई बिशेष धन्यवाद|
पूजा सकिएपछी हामी प्रसाद खान लाग्यौ, खिर + अरु परिकर खायौ | भाउजुहरु भने केही खानुभएन किनकी उहहरु ब्रतबस्नुभएको थियो- दाईहरुको लागि |भाउजुहरुले खाना एबम अन्य परिकारहरु साह्रै मिठो बनाउनुभएको रहेछ| भाउजुहरुलाई बिशेष धन्यवाद!!!














1 comment:

  1. बाउन बाजे र उन्का सहयोगी लाई धन्यबाद्। निकै राम्रा तस्बिर रैछन्। प्रत्यक्ष सामेल हुने मौका नपाए पनि तस्बिर हेरेर रमाइलो भयो।

    ReplyDelete