Heartily Welcome To My Blog

Saturday, May 21, 2011

त्रिभुवन युनिभर्सिटीको शिक्षा प्रणालिमा एउटा नयाँ आयाम- नेपाली बिद्यार्थीहरुको जीत

सलाम छ- केशवराज रेग्मी, विजय अर्याल, शंकर पौडेल, सन्तोष न्यौपाने र सोम ढकाल जस्ले ट्रिभुवन युनिभर्सिटी परिक्षा प्रणालीमा परिवर्तनको ढोका खोले अनी ल्याये पनि |उनी हरुहरुको अथक प्रयासको करण आज आफ्नो  नतिजामा असुन्तस्ट विद्यार्थीहरु आफ्नो परिक्षा पेपर हेर्न पाउने भएका छन्| उक्त कुराको निर्णये सर्वूच्च अदालतले सुनायेको थियो- 2068 साल जेष्ठ|यस सकरातमक कदमको धेरै शिक्षाविदहरु, बिद्यार्थीहरु, एबम विबिध वर्गले स्वागत गरेका छन् र यसले विद्यार्थीको हक अधिकारको सम्रक्षण गरेको छा-उनिहरुको धारणामा |सर्बोच्चको यस फैसलको चौतर्फी स्वागत भएको छ|जे होस् ढिलै भए पनि नेपाली विद्यार्थीहरुले आफ्नो सूचनाको हक पायका छन् | एक चोटि फेरि माथि तोकियका विद्यार्थीहरुको अनुकरणिय कार्यको भित्री ह्रिदये देखि नै सम्मन गरौ|

नेपालको शिक्षा प्रणालीमा थुप्रै अनियेमिता अझ पनि छन्- अझ बिशेष रुपमा भन्नुपर्दा परिक्षार्थीहरुको उत्तरपुस्तिका जाच्ने प्रणलिमा| कतिपय अवस्थामा त बिद्यार्थीहरुको  भविस्यसँग पनिउ खेलिने गरिन्छ| प्रध्यापकहरुले बिद्यार्थीहरुको उत्तरपुस्तिका अरु कसैलाई जाँच्न दिने र सबै उत्तरहरु राम्रोसँग नपढी हचुवामा अंक दिने प्रब्रितीले गर्दा विध्यर्थीको जिबनमा नै प्रतिकुल असर पुगेको तितो सत्यलाई हामी सबैले नकार्न सक्दैनौ| म पनि यस्तैको सिकर भएको विद्यार्थी|मेरो कथा मेरो ब्यथा तल प्रस्तुत गरेको छु| 

२०६० सालतिरको कुरा हो, मैले भर्खर एस.एल.सी दियेर नतिजा कुरेर बसिरहेको थिए|येत्तिकैमा जतततै हल्ला भयो- एस.एल.सी को नतिजा प्रकशित भयो भनेर| सबै जना बेस्त देखिन्थे आफ्नो छोर-छोरीको एस.एल.सी को नतिजा हेर्नको लागि | येत्तिकैमा हाम्रो स्कुलको नतिजा आयो| म क्लासको प्रथम थिए-सबै शिक्षकहरु अनी आफन्तहरु पनि मेरो नतिजाको पर्खाइमा हुनुहुन्थ्यो| जब नतिजा पत्रपत्रीकबाट हेरियो,तेती बेला सबै जना छानाबाट खसेजस्तै भए किनकी मेरो सिम्बोल नम्बर त कतै भेटियेन| अनी बिस्तारै हल्ला हुन थाल्यो- क्लासको फर्स्ट को त सिम्बोल नम्बर नै छैन्| अनी कुरा काट्नेहरुको संसारको कुन ठाउँमा कमी हुन्छ र, प्रदीप फेल भयो भनेर हल्ला गर्न थाले| तर आफ्नो कथा की आफुलाई थाहा थियो की त मेरा आफन्त,शिक्षकहरु, सुभचिन्तकहरु अनी आफन्तहरुलाई र साथीहरुलाई थाहा थियो|मैले परिक्षा राम्रो गरेको थिए,प्रथम श्रेणी त पक्का थियो | येत्तिकैमा थाहा भो की प्रधनध्यापकले बुझ्दा पो थाहा भो उमेर (१६ बर्ष) नपुगेर रोकियेको रे| हरे भगवान कस्तो अचमम अरु कसैलाई नपरेको मलाई नै पर्नु पर्ने | फर्म भर्दा केही नभन्ने, पछि नतिजा आउने बेलमा कहाँबाट उमेरको कुरा आयेछ, बुझ्नै सकिएन| २०६२  सालतिरको जती बेला म कक्षा १२ मा पढीरहेको थिए,कक्षा ११ को नतिजा प्रकशित भयो|तर मेरो म्याथम्याटिक्समा एक्दमै थोरै अंक आयो| मलाई आफूले प्राप्त गरेको अंक कत्ति पनि चित्त बुझेन, किनकी मैले परीक्षामा राम्रो गरेको थियो | मैले मेरो उक्त परिक्षाको फेरि रेतोतल्लिङ गर्ने निबेदन वुझाये|अन्ततह म एक्दमै खुशी भए जति बेला मैले थाहा पाये की मेरो अंक बढेर आएको रहेछ|Amrit Science College  पढ्दा त कुरै छोडौ |सथीहरु आफ्नो परिक्षाको अंक देखेर आँफै छक्क पर्थे अनी भन्ने गर्थे मेरो येति धेरै अंक कसरी आयो| ३५ अंकको हल गर्ने साथीहरु पनि ६०/६५ अंक ल्ययेर पास् पनि भए| 

No comments:

Post a Comment