Heartily Welcome To My Blog

Monday, August 9, 2010

Farewell Party

भनिन्छ जीवन मिलन-विछोडको सङ्गम हो | जीवनमा अगाडि बढदै जादा कसैसँग बिछोड हुनुपर्ने संसारको कुनै नयाँ नौलो नियम होईन तर पनी सबैको अग्रज रहनुभयको एउटा प्रमुख व्यक्ती नै हामीबाट टाढा जाने कुरा थाहा पाउदा धेरै नै नरमाइलो लाग्दो रहेछ | हामी सबै लारामी नेपालीहरुको अंकल र उहाको परिवार आज हामीबाट धेरै टाढा जादै जानुभयो, Laramie छोडि Texas जानुभयो| तेसैले हामीले उहा र उहाको परिवारको बिदाईको लागि सानो कार्यक्रम गरेका थियौ-Farewell BBQ,कार्यक्रममा सबै नेपाली लारामी उपस्थित हुनुहुन्थ्यो |हामीलाई सधैं दु:ख-सुखमा साथ दिने एउटा महत्वपुर्ण व्यक्ती हामीबाट टाढा जानुभयो,तर उहाँ हाम्रो मनमा भने सधैं श्रद्दापुर्बक रहीरहनुहुने छ | हामी सबै लारामी बासीको अंकलको रुपमा चिनिनुभएको महान व्यक्तित्य हुनुहुन्छ-टेक अंकल |
म जब लारामीमा पहिलोपटक आएको थिए- तब मलाई केही राम्रो काम गरेर अगाडि बढ्ने हौसला दिने, मलाई राम्रोसग सम्झाएर जीवनको मार्गदर्सन देखाउने उहा नै हुनुहुन्छ| जब म नेपाल फर्किन लगेको थिए तब उहाले धेरै सम्झाएको पलहरु म कहिलै भुल्न सक्दिन |उहा हाम्रो हरेक दु:ख-सुखमा साथ् दिनुहुन्थ्यो | हामी सबै नेपालीको प्रेरणाको स्रोत केबल अंकल हुनुहुन्थ्यो| अंकल संसारलाई बुझेको एउटा असल व्यक्तिव्य हुनुहुन्थ्यो | सदैब हामीलाई सत्मार्गको बाटोमा डोर्याउन उहा प्रयन्नरत हुनुहुथ्यो | आज नेपालबाट एती धेरै टाढा भएपनी हामीलाई सधैं एउटा परिवारबाट पाईने माया दिनुहुन्थ्यो |उहाले हामी सबैलाई धेरै सहयोग गर्नुभएको छ | तर के गर्ने उहालाई हामी हाम्रो लागिमात्र कहाँ रोक्न सक्थ्यौ,अखिर उहा पनि आफ्नो सपना पुर गर्न दिनरात परिश्रम हुनुहुन्छ |उहालाई पनि हामीबाट टाढा हुने रहर त पक्कै थिएन तरपनी समयले उहालाई हामीबाट टाढा लग्यो |
अंकल Texas रहेपनी हामीलाई एसरी नै धेरै माया गर्नुहुन्छ भन्ने आस गरेका छौ, भोली पनि अंकलबाट पहिले झै माया,ममता सुझाब पाईरहने छौ भनेर आसा रखेका छौ | अंकल जहाँ भयपनी हाम्रो अंकलप्रतिको माया,श्रद्दा सधैं रहिरहने छ |
अंकललाई बिदाइ गर्न रखिएको उक्त BBQ कार्यक्रम एक हिसाबले निकै रमाइलो भएको थियो भने अर्को तिर अंकल हामीबाट टाढा टेक्सस जाने दिन नजिकै आईरहेकोमा हामी दुखित पनि थियौ |BBQमा खानपिन राम्रोसग गरौ|अझ BBQमा हामीले निकै रमाइलो गर्यौ साथमा नाचगान पनि गरौ |"एकछिन त धेरै हसियो पनि किनकी अंकल यहाँबाट गएपछी अब अंकल को हुने भनेर जताततै हल्लाखल्ली चलेको थियो|" अब अंकल को हुने भन्ने बिषय सबैको चसोको कुरा बनेको थियो |
अंकलहरुको पर्दिस्पर्दामा शशी दाई,लोक दाई र केशव दाईउत्रनुभएको थियो तर बिजय त एक जना हुनु नै थियो, अंकल आँफैले हाम्रो प्यारो शशी दाईलाई चुन्नुभयो| सबै यस कुरामा खुशीसाथ राजी हुनुभयो अनी जताततैबाट गरगराहट ताली बज्यो,लोक दाई र केशव दाई पनि खुशी हुनुभयो अनी मनमनै भन्नुभयो यस पछी त हाम्रो पालो आईहाल्छ |हामी टेक अंकलसँग फोटो खिच्यौ | म त हाम्रो नयाँ अंकल शशी अंकलसँग पनि फोटो खिचे| बसन्त दाईले हासो गर्नुभयो र भन्नुभयो-प्रदीप भाई धेरै बाठो छ,नया अंकलसँग अझै नजिक हुँदै छ | तर बसन्त दाईलाई के थाहा-प्रदीप भाई र शशी अंकलको सम्बन्ध कती राम्रो छ भनेर | जे होस् हिजोको पार्टी निकै रमाइलो भएको थियो तरपनी पार्टीको पछाडि बिछोडका पिडाहरु पनि गासीयको थियो |

टेक अंकलको परिवार दाँयाबाट क्रमस:टेक अंकल,आन्टी,आदर्श भाई र हजुरआमा |


म र दाजुहरु हाम्रो टेक अंकल(In Brown Jacket, in fourth position from Right side)सँग फोटो खिचाउदै |

म हाम्रो नयाँ अंकल(शशी अंकल)सँग फोटो खिचाउदै|
















No comments:

Post a Comment