Heartily Welcome To My Blog

Saturday, October 9, 2010

दसैं चियापान कार्यक्रम 2067


अक्टोबर ९ २०१०,
हामी नेपालीहरुको महान चाड विजय-दशमीको पावन अवसरमा सुमन दाई, वसन्त दाई र बैछबी दाईद्वारा आयोजित आज भएको चियापान कार्यक्रम निकै रमाइलो भएको थियो|उहाहरुको अपार्टमेन्टमा भएको उक्त करयक्रममा लरामीबासी नेपालीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो |उक्त कार्यक्रममा नेपालीहरुबिच बडा-दशैको शुभकामना अदानप्रदान हुनुक साथै धेरै रमाइला कुराहरु पनि भएको थियो|कार्यक्रममा टेक अंकल, शशी दाई,लोक दाई, केशव दाई, राजन दाई र भाउजुहरु कार्यक्रमको ठीक समयमा पुगिसक्नुभएको थियो भने हामी समयको बेस्तताले गर्दा अली ढिलो पुगेका थियौ | सुमन दाई, बसन्त दाई र बैछबी दाईलाई कार्यक्रमको लागि बिशेष धन्यवाद!!!
आजको कार्यक्रमलाई चियापानकार्यक्रम भनियपनी कार्यक्रममा धेरै खानेकुराहरुको बेबस्ता गरिएको थियो|कार्यक्रममा उपस्थित सबैजनाले खानाको पूर्णरुपमा मनोरन्जन लिनुभएको थियो|उक्त कार्यक्रममा म लगायत टेक अंकल , नेपाली दाजुहरु सशी दाई,लोक दाई,केशव दाई, राजन दाई, राजेन्द्र दाई,कमान दाई,सन्तोष दाई, भुसन दाई,सगुन दाई ,सुजन,शंकर,मनोज^२,उशा दिदी,लक्ष्मीता, प्रक्रिती भाउजु, बसन्ता भाउजु,अर्चनाको उपस्थिती रहेको थियो| FNUW (Friends of Nepal at University of Wyoming) president रेशा सिंह, treasurer चन्दना शाही, executive member सकुन दुवालको उपस्थितीले कार्यक्रमको सोभा बढेको थियो |
कार्यक्रममा कमान दाई, बैछबी दाई र मनोज खनालले गीतारको धुनसगै नेपाली गीथहरु पेश गर्नुभएको थियो |कार्यक्रमको बिचतिर निकै रमाइला गफहरु प्रस्तुत भएका थिए,निकै पेट मिची-मिची सबैजना हास्नुभएको थियो|श्वास्थको लागि हासो निकै आवश्यक कुरा हो तरपनी हामीले हाम्रो हासोको कोही-कसैको मन त दु:खएका छैनौ भनेर एक चोटि मनन गर्ने हो कि !!

















No comments:

Post a Comment