Heartily Welcome To My Blog

Tuesday, October 19, 2010

Dashain 2067

दशैं आयो खाउला-पिउला, डिसेम्बरमा नेपाल जाउला !

हामी नेपालीहरुको महान चाड दशैको अवसरमा यहाँ लरामीमा विविध कार्यक्रमहरुसहित दशै सु-सम्पन्न भयो | हामी सबै नेपाली मिलेर २०१० अक्टोबर १६ १७ को दिन विविध कार्यक्रमका साथ दशैमा धेरै रमाइलो गरियो|
बसन्त दाई, सुमन दाई बैछबी दाईको निमन्त्रणालाई स्वीकार गर्दै गयको शुक्रबार हामी धेरै जना नेपालीहरु उहाँहरुको अपार्ट्मेन्टमा गयौ सबैजनाले शुभकामना आदानप्रदान गर्नुभयो | उक्त कार्यक्रम निकै रमाइलो भएको थियो-हलुका तास पनि खेलियको थियो, निकै रमाइला गफहरु पनि भएको थियो |उक्त कार्यक्रम बेलुकाको :३० देखि बिहानको बजेसममा चलेको थियो |बैछबीदाई भान्सामा निकै व्यस्त हुनुहुन्थ्यो-हमीलाई निकै मिठो मिठो खनेकुरा उपलब्ध गराउनुभयको थियो |
दशैंमा सधैं खसी काट्ने चलन थियो नेपालमा,यहापनी खसिबिनाको दशै खल्लो लाग्ने भएको हुँदा भोलिपल्ट लोक दाईको नेत्रित्व्यमा साथीहरु खसी काट्न जनुभयो| अक्टोबेर १७ दशैंको विसेस दिन-टिकाको दिन | उक्त कार्यक्रम मनाउन University of Wyoming को Cheney Center मा रखियेको थियो| हामी सबै जना त्यस ठाउँमा गयका थियौ | लोक दाईको दशैंबारे छोटो जानकारीसगै कार्यक्रमको सुरुवात भयको थियो | टिकाको कार्यक्रम सकियपछी हामी सबै खानातिर लागौ,खसीको मासुको साथमा विविध परिकरहरु थियो | खाना खाइसकेपछी एक्छिन अन्तरारेक्षीमा खेलौ | मनोज भाईको गितारको धुनमा सबै जनाको मुखबात गीतहरु गुन्जिरहेको थियो| लोक दाई, राजेश भाई,शन्कर भाई, भगवान, बसन्त दाई निकै उत्साहित हुनुहुन्थ्यो| बसन्त दाई राजेश भाई बेला बेलामा नाचेर स्टेज तताउनुभयको थियो |सबैजनाले -आफ्नो क्षत्रबाट गर्नुभयको सहयोगले उक्त कार्यक्रम निकै सफल भयो |सबैलाई मुरी-मुरी धन्यवाद !!!

सधै आफ्नो परिवारसँग रमाइलोको साथ दशै मनाउने आज परिवारसँग धेरै टाढा छु, मनभरी बिगतका सम्झनाहरुलाई अगाल्दै मैले यसपलीको दशै विदेशी भुमीमा मनाए | आसा गरौ- निकट भविस्यमा आफ्नो परिवारसँग दशै मनाउन पाइयोस |






















1 comment:

  1. Yesto famous blog ma mero naam pahilo patak auda ma nikai gaurawanwit mahasus garda chhu. Testo dukha manau garnu bhayena dashain miss bhayo bhanera. Jaha bhaye pani ramailo sanga dashain manaune ta ho ni...

    ReplyDelete