Heartily Welcome To My Blog

Sunday, June 1, 2014

तिम्रो सम्झनामा

तिम्रो सम्झनामा आज म धेरै पिएर आए 
तिमीलाई भुल्ने बहानामा आज म धेरै मातेर आए /

मायाको मैदानमा आफ्नै मायासँग लड्ने मौका पाए 
तिम्रो जितको खुशीमा मैले हारको उपहार पाए //

बगैचामा रोपेको फूललाई आज अरुले टिपेको देख्न पाए
मायाको स्वच्छ सागर आज मरुभुमी भएको हेर्न पाए ///

मायाको बारीमा बियोगको गीत गाउन पाए 
छोडि जाने निस्ठुरी तिमीलाई पराई भन्न पाए ////

तिम्रो सम्झनामा आज म धेरै पिएर आए 
तिमीलाई भुल्ने बहानामा आज म धेरै मातेर आए !!!

No comments:

Post a Comment