Heartily Welcome To My Blog

Monday, December 5, 2016

जिन्दगानी दर्पन्-छाया

मेरो माया तिम्रो लागि, तिम्रो माया खै कसको लागि 
न साथ पाए न माया पाए, एकोहोरो मेरो माया कुल्चेपछि थाहा पाए /

तिम्रा लागि मेरो चोखो माया, मरुभूमिमा पानी खनाएजस्तो भो 
न नजिक भए न टाढा भए, मेरो साथ छोडेपछि थाहा पाए //

हाम्रो माया अजम्बरी भन्नेले, बाटो मोडेर साथ छोडेर  गयौ
न आफ्नो भए न पराई भए, जोडिएको मन टुक्रीएपछि थाहा पाए ///

मेरो चोखो माया जीवनभरको, तिम्रो माया बतासजस्तो दुइपलको 
न नाता गासियो न मुटु जोडियो, तिम्रो डोली उठेपछि थाहा पाए ////

मेरो माया तिम्रो लागि, तिम्रो माया खै कसको लागि 
न साथ पाए न माया पाए, एकोहोरो मेरो माया कुल्चेपछि थाहा पाए /////

No comments:

Post a Comment