Heartily Welcome To My Blog

Tuesday, July 27, 2010

The First Fishing Experience in My Life


२०१० जुलाई २५ को दिन थियो,माछा मार्न जाने हल्ला सुनियो | बुझ्दै जादा थाहा पाय माछा मार्न जाने तयारी भईरहेको रहेछ, मलाई माछा मार्ने कुरामा इछ्या छैन की भनेर लोक दाईले खबर नगर्नुभएको रहेछ |बिदाको दिन थियो अनी एउटा रमाइलो अनुभव पनि गरौ भनेर पनि जाने निधो गरे | यत्तिकैमा मैले केशव दाईलाई फोन गरे,केशव दाई पनि जाने भन्नुभयो| बैछबी दाई जाने भनेर तयारीमा जुटी सक्नुभएको थियो |

लोक दाई,शोभा भाउजु,कमन दाई,पबित्रा भाउजु,केशव दाई,बैछबी दाई,सुजन,मनोज सहित हामी माछा मार्नको लागि Snowy Range तिर लाग्यौ |बाटोमा खाजाको लागि पिज्जा र कोल्ड ड्रिन्क्स कमन दाईले किन्नुभयो | किने |सुजन लोक दाईले माछा मर्ने लाईसेन्स लिनुभयो किनकी लाईसेन्सबिना माछा मार्न पाईदो रहेनछ | सबैजना लारामीदेखी ३०मिलेस पश्चिममा पर्ने Snowy Range गयका थियौ | Snowy Range हिमाल आरोहण,फिशिङग,तालको लागि प्रख्यात | हामी करिब बेलुका बजेतिर स्नोवी रङे को Mirror Lake मा पुगेका थियौ | त्यहाँ पुगेपछी हल्का नास्ता गरौ माछा मार्नको लागि Mirror तालतिर लम्कौ|
,केशव दाई कमन दाई भने सबैजनालाई त्यही छोडेर Marie Lake तिर लाग्यौ | पछि थाहा पाय कमन दाई बैछबी दाई सरोज दाई मारिया लेकमा पहीले नै आउनुभयको रहेछ जहाँ दाईहरुले माछा हातले समातेर मार्नुभयको रहेछ | सधैं नयाँ-नयाँ साहासिक यात्रामा अगाडि बढ्ने अनी सानैदेखी केही नयाँ उपलब्धी हासिल गरेर दुनियाँलाई चकित पार्ने तिब्र चाहनाले ओतप्रोत एउटा कर्मठ व्यक्ती केशव दाई जस्तोसुकै कठिन यात्रामा समेत आफुलाई समर्पण गर्न पछि पर्नु हुन्थेन, फलस्वरुप त्यो भयानक गहिरो अनी हिउ झै चिसो तलाउको पानीमा समेत पौडी खेलेर उहाँ हातैले माछा समात्न कम्मर कस्न पनि पछी पर्नु भएन |तर अपसोच हातले माछा मार्नको लागि लाईसेन्स उहाँसँग थियन,अर्को कुरा उहाँ नियमविपरित कुनै काम नगर्ने एउटा असल मानिस |त्यसैले उहाँको हातले माछा मार्ने सपना येसपाली अधुरो हुन पुग्यो |जब हामी फेरी मिरर लेक तिर फर्कियौ | सबैजनालाई धेरै आसा लागेको रहेछ येस कुरामा की हामीले धेरै माछा लियर आउछौ भनेर,तर तेसो हुन सकेन | बैछबी दाई,लोक दाई सुजन, मनोजको अथक प्रयासबाट एउटा मात्र माछा मर्नुभयको रहेछ| भनिन्छ जहाँ ईछ्या त्यहाँ उपाय| हामी भित्र लुकेको इछ्यालाई हामी रोक्न सकेनौ अनी त्यो एउटा माछा बाधियको डोरिमा अरु , वटा माछाहरु बाधियोस भनेर हामी अगाडि बढ्यौ|
बहुप्रतिभाका धनी व्यक्तित्य केशव दाईभित्र लुकेको माछामार्ने शैली जब बाहिर आयो तब बल्छी फालेको मिनट हुन नपाउदै बल्छीमा माछा पर्न सुरु भयो |खुबी भएको मानिसले बोलेर भन्दा कर्म गरेर देखाउछन भनेर भन्थे साचो रहेछ| त्यसपछी पालो मेरो आयो-जताततैबाट एउटै आवज आएको थियो: प्रदीपले आफ्नो इज्जत जोगाउछ की जोगाउदैन |भनिन्छ-"समय आउछ पर्खदैन,त्यसमा चुक्ने माहा मुर्ख हो|" सहि समय चिनेर आफु भित्रको खुबी देखायर आफ्नो परिचय दिनु पर्छ भन्ने मान्यता अङ्गाल्ने पनि आफ्नो खुबी देखाए:सुरुमा बल्छी हानेको केहिछिनमा माछा पर्यो|फेरी केशव दाईको पलो थियो,सबैलाई आसा लागेको थियो किनकी मेहेनत खुबी भएको मानिसको सबैले विश्वाश गर्छन् |हेर्दा हेर्दै केशव दाईले बल्छीमा अरको माछा पनि पारेर देखैदिनुभयो,सबैजना चकित पर्नुभयो-त्यसैले भनिएको होला:अकबरी सुनलाई कसी लाउनु पर्दैन| मनोज भाई दंग पर्दै अनी माछा समात्दै केशव दाईको प्रशंसा गर्न सुरु गरे |
परिस्रम गरे फल अवस्य पाईन्छ भनेको सुनेको थिए तर कमन दाई, बैछबी दाई सुजनले अथक प्रयास गरेपनी माछा मार्न सकेनन |धैर्य गर फल मिठो हुन्छ भन्थे पनि अरको माछा पार्न कम्मर कसेको थियो|आखिर सफल भए-अझ रम्रोसग भन्नुपर्दा हिजोको यात्राको सबैभन्दा ठुलो माछा मार्ने नै भए |जुनसुकै राम्रो कार्यको सुरुवात राम्रो मानिसबाट भयो भने अन्तिम नतिजा पनि राम्रो हुन्छ भन्ने कता कता सुन्नमा आएको थियो-त्यो साचो रहेछ किनकी माछा मार्ने सुरुवात एउटा असल व्यक्तीबाट भएको थियो-केबल लोक दाईबाट |मनोज भाईले पनि एउटा माछा मारेर केही अनुभव सङ्गाले |भाउजुहरु शोभा भाउजु पबित्रा भाउजुले पनि माछा मार्नु हुन्थ्यो होला,तर उहाँहरुले प्रयास गर्नुभयन | केशव दाईले जब बल्छी हान्नुहुन्छ तब माछाले आहारा खाएको-खायै हुन्थ्यो,धेरै पटक बल्छिबाट माछा आहारा खाएर फुस्केको देख्दा feel Bad पनि नभयको होईन | Man of the Fishing Day goes to Keshav dai on the basis of his excellent and hilarious super-skills. बेलुका करिब बजेतिर अपार्टमेन्टमा फर्कियौ |बैछबी दाईले केशव दाईको सहयोगमा माछा बनाउनुभयो सबैले माछा भात खायौ -माछा साह्रै मिठो बनाउनुभयको रहेछ|बैछबी दाईलाई विशेस धन्यवाद !!!





























Monday, July 26, 2010

Vedauwoo Mountain Climbing

समयको अबिरल यात्रामा हाम्रो जीवनले अनेकौ मोडहरु लिन पुग्छ |हामी यही मोडहरुसँग कहिले रमाउने गर्छौ,कहिले अनेकौ दु:खहरु झेल्ने गर्छौ |जिवनयात्रामा अनेकौ यात्राहरुको सामना गर्नुपर्ने रहेछ | अझ भनौ जीवनयात्रालाई डर,क्रासले भरिपुर्ण अनी साहासिक यात्रासंगै डोर्याउन सकिएन भने जीवनको यथार्थता झल्किदो रहेनछ |July 24 को Vedauwoo यात्रा जिवनकै एउटा अबिस्मरणिय यात्रा थियो | हामी लारामी नेपालीहरु करिब २० जना Vedauwoo तर्फ गएका थियौ| साच्ची त्यो यात्रा निकै कहालीलाग्दो थियो अनी रोमान्चक पनि |Vedauwoo भन्ने ठाउँमा हिमाल अरोहणको लागि अग्ला-अग्ला हिमालहरु रहेछन |Vedauwoo अमेरिकाको Wyoming state मा पर्दछ | यो ठाउँ लारामी नजिकै Wyoming दक्षिण-पुर्वमा पर्छ|यो ठाउँ हिमाल अरोहणको लागि प्रख्यात छ |
हामी दिउसो बजेतिर प्रथान गरेका थियौ | ती हिमालको चुचुरोमा पुग्ने काम सहज थिएन |तरपनी गोर्खाली बहादुरीको रुपमा चिनियका हामी नेपालीहरु पछि परेनौ:हामी कम्मर कसौ शिखरमा पुग्ने अठोट लिएर |वास्तवमा त्यो हिमालको शिखरमा पुग्ने साहस कमै मनिसमा हुन्छ होला,त्यो पनि बिना केही सुरक्षाका सामाग्री बिना केही पूर्व तयारी | हामी पनि त्यस्तो असजिलो यात्रा सहर्स चुचुरोमा पुग्ने अठोटसहित अगाडि लम्कियौ |एउटा नेपाली गीत(जोमसोमे बजार)मा भनिएको -"जिन्दगी वगेको पानी हो,फेरी फर्की आउदैन"| यस्तै झै अगाडि बढ्ने सिलसिलामा नजाने साथीहरुसँग बिदा भएर भएर हिडेका थियौ, किनकी बाचियर फर्कियला भनेर कमैले आसा गरेका थियौ अनी पहीलेको जस्तो जिन्दगी फेरी जिउन पाईन्छ भनेर पनि आसा मारेका थियौ| यात्रा यति कठिन थियो त्यो भोग्नेलाई मात्र थाहा हुन्छ |
केशव दाई,बसन्त दाई, राजन दाई,सरोज दाई, कमन दाई,बैछबी दाई,सुजन,प्रक्रिती भाउजु,पबित्रा भाउजु सफल्तापुर्वक शिकरमा पुग्नुभयो | यात्रा कति कठिन थियो भनेर तस्विरबाट थाहा हुन्छ-भनिन्छ तस्विर आँफै बोल्छ भनेर |यात्राको दौरानमा कति दाजुहरुले बिचबाट फर्किने जमरको नगरेको पनि होईन तर पनि सबैको साथबिना एकलै फर्किने कुरा पनि तेती सजिलो थिएन | आफ्नो ज्यानको बाजी राखेर सबै जना सफलतापुर्वक चुचुरोमा पुग्नु भयो तर पनि माथि पुग्दा कसैको खुट्टा पनि कामेको थियो रे | आखिर सुकै भए पनि त्यस्तो साहासिक यात्राको प्रशंसा नगर्नु भनेको मुर्खता हुन्छ | सम्पुर्ण दाजुहरु, भाउजुहरु,मित्रहरुको साहासिक यात्राको भित्री मनदेखी नै दमदार प्रशंसा गर्दछु |सरोज दाई अझ चप्पल लगायर चढन सफल हुनुभयो |हम्रो बसन्त दाई सुरुमा सबैभन्दा माथि पुगेर हाई-हुइ गर्नुभयेको थियो तर पछि शायद जीवनको आधा सताब्दी अझै बाँकी भनेर सोच्न पुग्नुभयछ क्या पछि-पछी तेती अगाडि जानुभयेन |केशव दाई पनि हिम्मत साथ चढेकै हो-बिच बीचमा धेरै डरहरुसँग जुध्द्दै भएपनि| क्रितिका निकिता पनि सानै भएपनि तेत्रो उचाईमा पुगेको साहासिलो कदमको प्रशंसा गर्नैपर्छ,जुन रुपमा उनीहरु नडराई हिमाल चढे त्यसले एउटा निडर ब्यक्तित्व्यमा हुनुपर्ने गुणलाई झल्काउछ | लोक दाई शोभा भाउजुलाई पनि अरुसगै चुचुरोमा पुग्ने रहर नभयको होईन तर पनि छोरीहरु क्रितिका निकितासंगै बस्नुपर्ने करणबाट उहाँहरुको चुचुरोमा पुग्ने रहर यसपाली पुरा हुन सकेन | जब हामी चुचुरोमा पुगेका थियौ तब बैछबी दाईको उत्साह निकै वढेको थियो| सरोज दाई,बसन्त दाई,केशव दाई माथि चुचुरोमा पुगेर डान्स पनि गर्न पछि पर्नुभयन | मेरो कुरा गर्नुपर्दा पनि चुचुरोमा पुगेकै हो,फरक यत्ती हो की क्यामरामन भएकोले चुचुरोमा पुगेका बेलाको मेरो कुनै फोटोहरु खिचियनन | आखिर होस् सबै जना लारामी दाजुहरु प्रतक्ष हुनुहुन्छ जसले मलाई उहहरुसगै चुचुरोमा देख्नुभयेको थियो |सुजन जुन छरितो,जोस जागरका साथ हिमाल चढे उनी सबैको तरिफको मुल-विषय बनेको थियो |माथी चुचुरोमा पुगेपछी केशव दाई,सरोज दाई एक्छिन सुतेर भएपनि आराम लिनुभयको थियो |सबै जना कति खुशी हुनु भएको थियो भनेर भिडियोबाट नै थाहा हुन्छ| माथि चुचुरोमा पुग्नु मात्र ठुलो कुरा थिएन,राम्रोसग सुरक्षित रुपमा ओर्लनु पनि जीवनको निकै ठुलो परीक्षा थियो,जुन हामीले सफलतापुर्वक पास गरौ | जब हामी सबै सफलतापुर्वक ओर्लिऔ तब एक्छिन बाचेको खुसियली मनायौ एउटा नयाँ जीवन सुरु गरेको आभास जस्तै भयो |बसन्त दाईले भन्नु भयो-हमी सफल भयौ अनी बचियो पनि तर जिवनलाई नै जोखिममा राखेर येस्तो यात्रा गर्नु हाम्रो मुर्खता पनि हो |सबैजजनालाई एउटै कुराको साह्रै जीज्ञासा लागेको थियो की चढ्ने क्रममा रहेको दुई ठुला चट्टाङको बीचमा अवस्थित सानो ठाउँबाट केशव दाई कसरी छिर्न सफल हुनुभयो किनकी लारामीमा केशव दाई हामी भन्दा अली मोटो हुनुहुन्छ | यत्तीकैमा हामी सबैजना ग्रुपको फोटो लियर लारामीतिर फर्किन लागेका थियौ,टेक Uncle आइपुग्नुभयो | बेलुका भईसकेको थियो,उन्कलले फेरी BBQ गर्ने भनेर प्रस्ताव गर्नुभयो -एक हामी तेत्रो साहासिक यात्रा गरेको अर्कोतर्फ बाचेको खुसियाली हामी पनि खुशी भयौ BBQ धुमदम गरियो |बेलुका करिब १० बजेतिर हामी लारामीतर्फ लम्कौ यो यात्राको समाप्ती गरौ |जिवनको एउटा कहालीलाग्दो यो यात्रा सधैं अबिस्मरणिय अनी साहसिक यात्राको रुपमा मेरो मस्तिकमा रहनेछ |