Heartily Welcome To My Blog

Thursday, July 15, 2010

मेरो नेपाल र नेपालको सम्झनाहरु



समयको गतिसगै आत्मियहरुसँग टाढा हुनुपर्ने भाग्यको खेल रहेछ या भनौ विधाताको नियम रहेछ | नेपालबाट टाढा भएपनि मेरो मुटुमा कुदिएको नेपालको याद र सम्झना भने झन झन दिनानुदिन गाढा भईरहेको छ |भन्ने गरिन्छ " जती दुरी बढ्छ, माया त्यती नै बढी मजबुत हुन्छ|" आज महसुस गरिरहेको छु-मेरो नेपाल अनी मेरा आफन्तहरुसँग टाढा हुँदा नेपाल अनी आफन्तहरुप्रती मेरो माया अझ बढदै गईरहेको | सधै नेपालको धेरै सम्झना नाआउने होइन, तरपनी आज मेरो उडिरहेको मनलाई रोक्न सकिन| दुई-चार शब्दहरु भए पनि कोरेर आफ्नो ह्रीदयलाई केही हदसम्म भुलाउने प्रयास गरेको छु|आज नेपालमा बिताएका पलहरुलाई स्मरण गर्दै नेपालको सम्झनालाई शब्दहरु मार्फत व्यक्त गर्ने जमर्को गरेको छु, जुन यादहरु आज पनि मलाई म नेपालमै रहेको अनुभुती दिईरहन्छ |
नजिक हुँदा कसैको माया बुझ्न त्यती सजिलो हुँदैन, जब तिमी टाढा हुँन्छौ तब मेरो माया बुझ्छौ भनेर कसैले भनेका शब्दहरूले आज मलाई बारम्बार छातीमा पिडा दिएको छ साथै ति शब्दहरु मेरो लागि उपदेश भएका छन | नेपालमा विताएका हरेक पलहरुको सम्झना आईरहन्छ |नेपालमा साथीहरुसँग बिताएका हर पल आज मेर लागि सम्झनाको चिनो भनेको छ | कलेजमा साथीहरुसँग गरेका रमाइलो आज केबल सम्झना मात्र भएको छ | कलेजमा कहिलेकाही David Beckham Hairstyle ले पनि मार्केट लिएको थियो, जहाँ हामी पनि कहिले कही त्यही स्टाईल सिको गर्ने अनी रमाइलो गर्ने जमर्को पनि नगरेको होइन |ज होस् नेपालमा धेरै रमाइला पलहरु पनि बिताएको थिए,अली अली दु:खको पलहरुमा पनि रुमलिदै | दु:ख बिनको जिन्दगी के जिन्दगी? समयले मानीसलाई सिकाउदो रहेछ, आखिर जिवनको यथार्थता के हो भनेर | हिजोसम्म सुख सयलमा हुर्केको मान्छेको आज आएर जिन्दगीसँग संघर्स गर्दै अगाडि बढिरहेको अनी पिडा भोगिरहेको परिस्थिती दुखनु कुनै नौलो कुरा रहेनछ | जीवनलाई तिमी जता लैजान्छौ त्यतै जान्छ जीवन भन्नेहरु संसारमा धेरै छन यध्यपी जीवनको वर्तमानमा दु:ख गरेर भवीस्यमा सुखको मार्ग लिन नसक्नेहरुको पनि कमी भने भएको छैन | सबैसँग यही आग्रह गर्छु कि तपाईंको जीवन सुख होस्, चलिरहेको समयलाई चिन्न सिक्नुस्, भविस्य आँफै उज्जल हुने छ| स्कुल देखी कलेजसम्म पढ्दा धेरै सपनाहरु देखियो,सपनाको पछाडि पनि लागियो तर पनि त्यही सपनाले आज यहाँसम्म आईपुगिन्छ भनेर मलाई के थाहा,लारामीसँग सम्बन्ध गास्न पुगिएला भनेर मलाई के थाहा | तर कल्पना चाँही गरेको थिए-पढ्नको लागि बिदेशको यात्रा गरौल भनेर |

मलाई बिर्सन्छौ कि भनेर भन्ने गर्छिन, मलाई सधैं यसरी नै माया गर्ने गर भनेर भन्ने गर्छिन, जे भय पनि तिमी यस्तै रहनु तिमीमा कुनै परिवर्तन नआओस भन्ने गर्छिन, मलाई माया गर्नु मलाई कहिलै नरुवाउनु भन्ने गर्छिन, तिमी जहाँ भय पनि मलाई तिम्रो हृदयमा सजाउनु भन्ने गर्छिन, आँखामा कहिलै आसुँ आउन नदिनु भनेर भन्ने गर्छिन, हरेक सुख दु:खमा साथ दिनु भनेर भन्ने गर्छिन, म तिम्रै लागि बचिरहेको भन्ने गर्छिन, तिमीलाई आफु भन्दा धेरै माया गर्छु भन्ने गर्छिन, तिमी जहाँ म त्यहा भनेर भन्ने गर्छिन,तिम्रो हरेक पाईलामा तिम्रो साथ् छु भनेर भन्ने गर्छिन, तिमी आट म पुरा गरिदिन्छु भनेर भन्ने गर्छिन,तिम्रो जीवन फलोस फुलोस सुखमय बनोस भनेर भन्ने गर्छिन,अखिर जती सुकै रङ रमाइलो भय पनि मलाई कहिलै नबिर्सनु,मेरो विश्वाशमा कहिलै कुठाराघात कहिलै नगरनु भनेर आँखाबाट मोतिरुपी दानाहरु साउनको बर्षाजस्तै बर्षाउदै भन्ने गर्छिन-केवल मेरी नेपाल आमाले |अनी त्यसैमा थप्दै -मेरो एक मुठी सास अनी शरीरमा एक थोप रगत रहेसम्म हिजो पनि म तिम्रै लागि बाचेको थिय, भोलीपनी तिम्रै लागि बच्ने छु, चाहे तिम्रो खुशीको लागि हजारौं चोटि मर्नु परोस, तिम्रो एक पल खुशीको लागि म हजारौं दु:खहरु सहन तयार छु,तिम्रो एक मुस्कानको लागि म लाखौंपटक आँखाबाट आसुँरुपी दानाहरु बर्षाई साउने भेलको याद मेटाउन पाउ, भनेर भन्ने गर्छु म |

नेपाली गुरु भन्ने गर्नुहुन्थ्यो, "बाबु जब तिमी बिदेश जान्छौ तब बल्ल नेपालको महत्व बुझ्छौ भनेर," आज मलाई यही तितो यथार्थ मनसपटलमा छाहिरहेको छ | बुढापाका भन्ने गर्नुहुन्थ्यो,"नेपाल स्वर्ग हो" भनेर | त्यती बेला सोच्दथे,बिदेशको रमाइलोपन यही नेपालमा बस्ने बुढाहरुलाई क् थाहा भनेर, तर पनि आज सोच्न बिबस छु- म कतीसम्म गलत रहेछु| मैले त्यतिखेर बिर्सेंको रहेछु- आफ्नो मार्तिभुमि सबैभन्दा प्यारो हुन्छ| साच्चै नेपाल स्वर्ग रहेछ- त्यहाँको वनपाखा, हरियाली,झरनाको कलकल आवज, जैविक विवीधता स्वर्गको आभस दिने प्राकिर्तिक सौन्दर्यको उपज रहेछ |लक्ष्मी प्रसाद देवकोटाले नेपाललाई आँखाको नानी, मुटु, हिरा सँग जुन रुपमा तुलना गरे, त्यो ज्यादै सान्दर्भिक लाग्यो | हुनपनी हो नेपाल सबै कुरामा सम्पन्न छ जस्तो लाग्छ सिबाये दुर्गन्धित राजनीति | मेरो नेपाल, हाम्रो नेपाल धेरै प्यारो छ| नेपालको राजनीतिले नयाँ निकास पाओस कुर्सिको खिचातनी नहोस्, स्वच्छ बिकासको लागि राजनीति होस् | हामीले फेरी एक चोटि देखन पाइयोस " सुन्दर शान्त विशाल नेपाल"!!!












No comments:

Post a Comment