Heartily Welcome To My Blog

Tuesday, July 27, 2010

The First Fishing Experience in My Life


२०१० जुलाई २५ को दिन थियो,माछा मार्न जाने हल्ला सुनियो | बुझ्दै जादा थाहा पाय माछा मार्न जाने तयारी भईरहेको रहेछ, मलाई माछा मार्ने कुरामा इछ्या छैन की भनेर लोक दाईले खबर नगर्नुभएको रहेछ |बिदाको दिन थियो अनी एउटा रमाइलो अनुभव पनि गरौ भनेर पनि जाने निधो गरे | यत्तिकैमा मैले केशव दाईलाई फोन गरे,केशव दाई पनि जाने भन्नुभयो| बैछबी दाई जाने भनेर तयारीमा जुटी सक्नुभएको थियो |

लोक दाई,शोभा भाउजु,कमन दाई,पबित्रा भाउजु,केशव दाई,बैछबी दाई,सुजन,मनोज सहित हामी माछा मार्नको लागि Snowy Range तिर लाग्यौ |बाटोमा खाजाको लागि पिज्जा र कोल्ड ड्रिन्क्स कमन दाईले किन्नुभयो | किने |सुजन लोक दाईले माछा मर्ने लाईसेन्स लिनुभयो किनकी लाईसेन्सबिना माछा मार्न पाईदो रहेनछ | सबैजना लारामीदेखी ३०मिलेस पश्चिममा पर्ने Snowy Range गयका थियौ | Snowy Range हिमाल आरोहण,फिशिङग,तालको लागि प्रख्यात | हामी करिब बेलुका बजेतिर स्नोवी रङे को Mirror Lake मा पुगेका थियौ | त्यहाँ पुगेपछी हल्का नास्ता गरौ माछा मार्नको लागि Mirror तालतिर लम्कौ|
,केशव दाई कमन दाई भने सबैजनालाई त्यही छोडेर Marie Lake तिर लाग्यौ | पछि थाहा पाय कमन दाई बैछबी दाई सरोज दाई मारिया लेकमा पहीले नै आउनुभयको रहेछ जहाँ दाईहरुले माछा हातले समातेर मार्नुभयको रहेछ | सधैं नयाँ-नयाँ साहासिक यात्रामा अगाडि बढ्ने अनी सानैदेखी केही नयाँ उपलब्धी हासिल गरेर दुनियाँलाई चकित पार्ने तिब्र चाहनाले ओतप्रोत एउटा कर्मठ व्यक्ती केशव दाई जस्तोसुकै कठिन यात्रामा समेत आफुलाई समर्पण गर्न पछि पर्नु हुन्थेन, फलस्वरुप त्यो भयानक गहिरो अनी हिउ झै चिसो तलाउको पानीमा समेत पौडी खेलेर उहाँ हातैले माछा समात्न कम्मर कस्न पनि पछी पर्नु भएन |तर अपसोच हातले माछा मार्नको लागि लाईसेन्स उहाँसँग थियन,अर्को कुरा उहाँ नियमविपरित कुनै काम नगर्ने एउटा असल मानिस |त्यसैले उहाँको हातले माछा मार्ने सपना येसपाली अधुरो हुन पुग्यो |जब हामी फेरी मिरर लेक तिर फर्कियौ | सबैजनालाई धेरै आसा लागेको रहेछ येस कुरामा की हामीले धेरै माछा लियर आउछौ भनेर,तर तेसो हुन सकेन | बैछबी दाई,लोक दाई सुजन, मनोजको अथक प्रयासबाट एउटा मात्र माछा मर्नुभयको रहेछ| भनिन्छ जहाँ ईछ्या त्यहाँ उपाय| हामी भित्र लुकेको इछ्यालाई हामी रोक्न सकेनौ अनी त्यो एउटा माछा बाधियको डोरिमा अरु , वटा माछाहरु बाधियोस भनेर हामी अगाडि बढ्यौ|
बहुप्रतिभाका धनी व्यक्तित्य केशव दाईभित्र लुकेको माछामार्ने शैली जब बाहिर आयो तब बल्छी फालेको मिनट हुन नपाउदै बल्छीमा माछा पर्न सुरु भयो |खुबी भएको मानिसले बोलेर भन्दा कर्म गरेर देखाउछन भनेर भन्थे साचो रहेछ| त्यसपछी पालो मेरो आयो-जताततैबाट एउटै आवज आएको थियो: प्रदीपले आफ्नो इज्जत जोगाउछ की जोगाउदैन |भनिन्छ-"समय आउछ पर्खदैन,त्यसमा चुक्ने माहा मुर्ख हो|" सहि समय चिनेर आफु भित्रको खुबी देखायर आफ्नो परिचय दिनु पर्छ भन्ने मान्यता अङ्गाल्ने पनि आफ्नो खुबी देखाए:सुरुमा बल्छी हानेको केहिछिनमा माछा पर्यो|फेरी केशव दाईको पलो थियो,सबैलाई आसा लागेको थियो किनकी मेहेनत खुबी भएको मानिसको सबैले विश्वाश गर्छन् |हेर्दा हेर्दै केशव दाईले बल्छीमा अरको माछा पनि पारेर देखैदिनुभयो,सबैजना चकित पर्नुभयो-त्यसैले भनिएको होला:अकबरी सुनलाई कसी लाउनु पर्दैन| मनोज भाई दंग पर्दै अनी माछा समात्दै केशव दाईको प्रशंसा गर्न सुरु गरे |
परिस्रम गरे फल अवस्य पाईन्छ भनेको सुनेको थिए तर कमन दाई, बैछबी दाई सुजनले अथक प्रयास गरेपनी माछा मार्न सकेनन |धैर्य गर फल मिठो हुन्छ भन्थे पनि अरको माछा पार्न कम्मर कसेको थियो|आखिर सफल भए-अझ रम्रोसग भन्नुपर्दा हिजोको यात्राको सबैभन्दा ठुलो माछा मार्ने नै भए |जुनसुकै राम्रो कार्यको सुरुवात राम्रो मानिसबाट भयो भने अन्तिम नतिजा पनि राम्रो हुन्छ भन्ने कता कता सुन्नमा आएको थियो-त्यो साचो रहेछ किनकी माछा मार्ने सुरुवात एउटा असल व्यक्तीबाट भएको थियो-केबल लोक दाईबाट |मनोज भाईले पनि एउटा माछा मारेर केही अनुभव सङ्गाले |भाउजुहरु शोभा भाउजु पबित्रा भाउजुले पनि माछा मार्नु हुन्थ्यो होला,तर उहाँहरुले प्रयास गर्नुभयन | केशव दाईले जब बल्छी हान्नुहुन्छ तब माछाले आहारा खाएको-खायै हुन्थ्यो,धेरै पटक बल्छिबाट माछा आहारा खाएर फुस्केको देख्दा feel Bad पनि नभयको होईन | Man of the Fishing Day goes to Keshav dai on the basis of his excellent and hilarious super-skills. बेलुका करिब बजेतिर अपार्टमेन्टमा फर्कियौ |बैछबी दाईले केशव दाईको सहयोगमा माछा बनाउनुभयो सबैले माछा भात खायौ -माछा साह्रै मिठो बनाउनुभयको रहेछ|बैछबी दाईलाई विशेस धन्यवाद !!!





























1 comment:

  1. खुसि लाग्यो धेरै नै / मलाई पनि कता कता ब्लग मा लेख्ने इच्छा त छ तर केहि समय भाई कै ब्लग हेरेर चित्त बुजौनु पर्ला / लेख को लागि बिसेस धन्यवाद ///

    ReplyDelete