Heartily Welcome To My Blog

Friday, July 23, 2010

नेपाल-यात्राको तयारी

हामी नेपाली हाम्रो नेपाल प्यारो नेपाल !

टिकेट एकदम सस्तो पाइयो, यहाँ भन्दा सस्तो टिकेट पाईदैन भनेर एक विहानै बैछबी दाईले भन्नुभयो | म त टिकेट हानीहाल्छु भनेर दाई कसिनु भयो,अनी मस्त निन्द्रामा सुतिरहनुभएको लोक दाईलाई फोन गरेर सानो कस्ट पनि गर्नुभयो | मनोज भाई पनि नेपाल जाने धुनमा थियो, तेसैले मनोज भाईलाई उठाय र भने टिकेट लिने र नेपाल जाने रे |ल लिगौन्त भनेर मनोज भाई पनि कसियो, हेर्दा-हेर्दै टिकेट बूकिङ भयो |झ्याम्म टिकेट पनि लिईयो भनेर दाईले थप्नुभयो | नेपाल जाने भूत चढेपछी त घरको रोनक नै अर्को भाईरहेको थियो, झन टिकेट काटेपछी त झन खुशीको सिमा नै रहेन| एक्छिन पछी त राजेश भाईले पनि टिकेट काटेर बूकिङ ।।।। ईमेलमा फरवार्ड गरिदिएपछी त झन नेपाल जानेको सङ्ख्या बढ्यो | हुन पनि अब आउने डिसेम्बरमा नेपाल जाने धेरै छन |
आखिर नेपाल जाने भनेपछी कती खुशी लाग्दो रहेछ साथीहरुले सुनाय, हुन पनि हो अफु जन्मेको ठाउँ जहाँ आफ्नो बुवा-आमा,इस्ट्रमित्रहरु छन,आफ्नो मुलुक जाने भनेपछी कसलाई खुशी लाग्दैन र | साथीहरुको खुशीमा मैले पनि साथ दिय|नेपाल गएपछी कहाँ कहाँ जाने भनेर साथीहरु योजन समेत बनाउन थाले|
आफ्नो देशको माया कसलाई हुँदैन तरपनी विविध कारणहरुले गर्दा बिदेशिनु हाम्रो बिबस्ता हो | झरनाहरुको कल-कल आवाज,कोहिलीको कु हु-कु हु आवाजले कस्को मन नलोभ्याउला र | सगरमाथाको देश हाम्रो नेपाल साच्चै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ |आफ्नो देश जाने भनेपछी खुशीले रमाउनुभएका मित्रहरुलाई यात्राको अग्रिम शुभकामना | हजुरहरुको यात्रा ज्यादै सुखमाय बनोस,रमाइलोसँग बितोस |मित्रहरुको सुखमा साथ दिन म सदा हजुरहरुसगै हुनेछु | हजुरहरुको सुखद नेपाल यात्राको कामना गर्दै हज्रुहरुको नेपाल यात्रा अविस्मरणिय रहोस भन्ने ईछ्या जाहेर गर्दछु |

No comments:

Post a Comment