Heartily Welcome To My Blog

Sunday, July 18, 2010

Nikita and Kritika's Birthday-Party


Happy Birthday to Nikita and Kritika. सर्बप्रथम निकिता र कृतिका दुवैजनालाई जन्मदिनको धेरै-धेरै शुभकामना ! May you always flourish. May you always be very Happy.

हिजो निकता र कृतिकाको जन्मदिनको अवसरमा आयोजीत पार्टीको लागि सबै लारामी नेपालीहरुलाई चुले निम्तो आईसकेको थियो| लोकदाईको आमन्त्रणलाई सहर्ष स्वीकार गर्दै हिजो साँझपख म लगयत सम्पूर्ण लारामी नेपाली समुदाय लोकदाईको घरतर्फ प्रस्थान गरौ | घरमा छुट्टै रोनक थपियको थियो। भित्तहरुमा जताततै Happy Birthday लेखिएका बेलूनहरु, रङ्गीचङ्गी सजावटले घरको सुन्दरतालाई अझ बढी आकर्षण बनाएको थियो| हिजो पार्टीको लागि लोकदाई, शोभा भाउजु दिनभरी नै धेरै व्यस्त हुनुभयो,उहाहरुलाई नयाँ भाउजुहरुले सहयोग गर्नुभएको रहेछ | दिउसोदेखी नै नाचगानको कार्यक्रम भएको रहेछ,पछीबल्ल फोटो हेर्दा दिउसोको कार्यक्रमवारे जानकारी भयो | हुन त वेलुका पनि भब्य नाच भयो, जहाँ सरोज दाई बिशेष भूमिकामा देखिनु भयो |निकिता र कृतिकाको नाचको शुभरम्भबाट नाच कार्यक्रम अगाडि बढयो | Birthday present लगाएर नानुहरुले कस्ले ल्याएको कपडा राम्रो देखिन्छ भनेर एकैछिन गरेको Birthday Fashion पनि निकै रमाइलो भयो |नानुहरुलाई मन परेको कपडा र सुहाएको कपडाको मुल्याङ्कन गरी Man of the Birthday पनि घोषणा गर्दा निकै रमाइलो थपिएको थियो |

भनिछ नि- ठीक समय आउदा आफुभित्र लुकेको प्रतिभा बाहिर सार्वजनिक गरेर सबैको मन जित्नु एउटा बहुप्रतिभशाली व्यक्तीको लक्षण हो, जुन कुरालाई सरोज दाईले हिजोको नाचद्दारा प्रमाणित गर्नुगर्‍यो | सरोज दाईको दमदार नाच साच्ची नै मनमोहक थियो, अझ सरोज दाईको भाषामा बोल्नुपर्दा सरोज दाईको डान्स Harip थियो | सबैजनाको सहभागिता भएको उक्त नाच कार्यक्रम Bithday party को अकर्षणको केन्द्रबिन्दु बनेको थियो | लोकदाई र शोभा भाउजु दिउसोदेखी नै धेरै व्यस्त देखिनुहुन्थ्यो,फलस्वरुप पार्टी भव्यरुपमा सफल भयो| पार्टीमा कुनै कुराको कमी थिएन | लोक दाई र भाउजुलाई बिशेष धन्यवाद- पार्टीमा निमन्त्रणा गर्नुभएकोमा |पार्टीको खानेकुरा पनि धेरै मिठो थियो,जती खाए पनि खाउ-खाउ लाग्ने तर के गर्ने मनले मागे पनि यो अपजसी पेटले नधान्ने भएपछी |लोकदाई र शोभा भाउजुको नाचको पनि प्रसन्शा नगरि हिजोको पार्टी खल्लो हुन्छ | हिजो जे होस् लामो समयपछी भयपनी लोकदाई र भाउजु राम्रो नच्नुहुदोरहेछ भनेर सबैले जान्ने मौका पाइयो | यसको अर्थ यो होइन कि यो भन्दा अगाडि पनि लोकदाइ नाच्दै ननाच्ने होइन तर पनि दाई र भाउजु यसरी राम्रोसँग नाच्नुभएको म सहभागीता भएको यो पहिलो पार्टी थियो |

नाचकै कुरा गर्दा बसन्त दाईको ह्राप नाचको कुरा जती गरे पनि अधुरै हुन्छ, त्यो Rap dance साच्चिकै एउटा ठुलो कला भएको मानिसले मात्र गर्न सक्छ | बसन्त दाईले rap दिएपछी त धेरैको मुखबाट once more भन्ने शब्द गुन्जिरहदा पार्टीको High Demand व्यक्तित्वको रुपमा नाम दर्ता गराउन सफल हुनुभयो | बसन्त दाईको rap dance हेर्नको लागि भविस्यमा पैसा तिर्न नपरोस यही कामना गर्दछु | अर्को तिर केशव दाईको त कुरै नगरौ, उहा जहिले देखी लारामीमा आउनुभयो, तेतिबेलादेखी dance सँग पर्याय बनेको शब्द Keshav Dai ,keshav sir. लारामीमा dance विनाको Keshav Dai र Keshav Dai विनाको dance अर्थहिन हुन्छ| बैछबी दाई ,राजन दाई ,कामना दाईको पनि डान्समा निकै परिवर्तन भाईसकेको छ | सुजन र मनोज पनि पार्टीलाई रमाइलो गर्न आ-आफ्नो तर्फबाट प्रयासरत देखिन्थे |उषा दिदी,प्रक्रिती, लक्ष्मीताको नाच पनि कुनै नेपाली हिरोईनको नाच भन्दा कम थिएन |प्रक्रिती भाउजु, रुबिना भाउजु,र पवित्रा भाउजुको नाचको प्रतुस्ती निकै प्रशन्सनिय थियो, तर दाई हरु क्रमश: राजन दाई, राजेन्द्र दाई,र कमन दाईहरुले भने नाचमा निकै सुधार गर्नुपर्ने खाचो देखियको छ | मलाई पनि नाच गर्न समय-समयमा प्रयास गराउन खोजेपनी यो लजालु मन परिवर्तन गर्न नखोजे कै करणबाट केही सिक्ने मौका पनि गुमायको तितो सत्य व्यक्त गर्न चाहन्छु |राम्रोसँग नाच्ने मन कसलाई हुँदैन तर पनि भन्ने गर्छन् नि,ईस्वरले ले सबै गुण दिदैनन | म धेरै आभारी छु यस् अर्थमा कि लारामिमा बहुप्रतिभाका धनी व्यक्तित्वहरु हुनुहुन्छ, मैले पनि उहहरुबाट केही सिक्न पाउ|भनियको छ- "समय आउछ पर्खदैन,त्यसमा चुक्ने महमुर्ख हो",समय फेरी फर्की आउदैन| आजैदेखी भावी दिनहरुमा म प्रयास गर्ने छु बहुप्रतिभाका धनी हाम्रा लारामी दाजुहरुबाट केही सिक्ने अनी केही नाच्ने|लाजको पोकोलाई apartment मा राखी अबदेखी पार्टीमा छुट्टै रुपमा प्रस्तुत हुने छु !



















No comments:

Post a Comment