Heartily Welcome To My Blog

Sunday, July 4, 2010

Independence Day 4th July













आज 4th July, अमेरिका बेलायतबाट स्वतन्त्र भएको दिन अर्थात Independence Day | यो दिन अमेरिकाभरी विभिन्न कार्यक्रम आयोजना गरी खुशीयाली मनाइन्छ |
आज Independence Day को अवसरमा आयोजित मेला हेर्न म लगायत लोक दाई, केशव दाई,बसन्त दाई, राजन दाई त्यसतर्फ दिउसो ३ बजे प्रस्थान गरौ | मेला निकै राम्रो थियो,ठाउ-ठाउमा गरियको गीत संगीतले मेललाई अझ आकर्सित गरेको थियो| धेरै मनिसहरुको बिचमा हामी पनि मेलाबाट आनन्द लिएका थियौ| अमेरिका आएपछी आज मैले पहिलो पटक मेला अवलोकन गर्ने मौका पाए,जसले मलाई नेपालमा हुने मेलहरुलाई स्मरण गरायो |आज मेलामा मलाई एउटै कुराको अभाव महसुस भयो- नेपालको मेलामा पाइने जेरी, पकौडी अनी
आलुचपको | धेरै मनिसहरुको घुइचो थियो मेलामा जहाँ हामी पनि घुलमिल अनी अरुजस्तै रमाउने कोशीस गरौ | लोक दाजुलाई धेरै धन्यवाद दिन चाहन्छु,उहाले हामीलाई मेलाको बारेमा जानकारी दिनु भयो अनी मेला हेर्न जान सुझाब दिनुभयो | साक्चीकै दाईले भनेजस्तै मेला निकै रमाइलो रहेछ| बसन्त दाई र राजन दाईको सहभागिताले हाम्रो यात्रालाई अझ बढी रोमन्चक बनायो | मेलामा हामीले धेरै फोटो खिच्यौ | फोटो खिच्दै जादा बिदेशी मित्रहरु पनि हामीसगै फोटो खिच्ने इछ्या प्रकट गर्नुभयो, हामीले पनि स्विकार गरौ | म लारामिबासी दाजुहरु प्रती धेरै नै आभारी छु, उहाहरुको सहयोग अबिस्मरनीय छ | दाजुहरुले दिने माया- ममताले आज नेपालबाट धेरै टाढा भएपनी एउटा घरजस्तो बातावरण पाएको छु | दाजुहरुले दिने सहयोग, सुझाब अनी मायाले मलाई आफ्नो गन्तब्यमा लम्किरहन प्रेरणा मिलेको छ |हरेक सुख-दु:खमा पाउने दाजुहरुको आत्मिय साथ, सदभाव अनी सहयोगले मलाई निकै हौसला मिलेको छ | आखिर जे होस् दाजुहरुको साथबाटै आजको मेलामा धेरै नै रमाइलो भयो,एउटा छुट्टै कार्यक्रममा जुट्ने मौका पाए |
आझै बेलुका ९:३० बजे Independence दिनको अवसरमा लारामीको आकाशमा पटकाहरुको बर्षा भयो अमेरिकन लारामी सरकारी निकायबाट , त्यो द्रिस्य निकै आकर्सित थियो | जीवनमा पहिलो-पटक आकाशमा पटकाका सुन्दर द्रिस्यहरु देख्ने अवसर पाय | हामी लारामीबासी नेपालीहरु लगायत यहाँका धेरै स्थानिय वासीहरुको ठुलो घुइचो लागेको थियो-त्यो ठुलो द्रिस्यावलोकन गर्नको लागि |आजको दिन धेरै बिशेष रह्यो- नयाँ नयाँ कुराको जानकारीएवम अवलोकन गर्ने मौका पाए |


No comments:

Post a Comment