समयको अबिरल यात्रामा हाम्रो जीवनले अनेकौ मोडहरु लिन पुग्छ |हामी यही मोडहरुसँग कहिले रमाउने गर्छौ,कहिले अनेकौ दु:खहरु झेल्ने गर्छौ |जिवनयात्रामा अनेकौ यात्राहरुको सामना गर्नुपर्ने रहेछ | अझ भनौ जीवनयात्रालाई डर,क्रासले भरिपुर्ण अनी साहासिक यात्रासंगै डोर्याउन सकिएन भने जीवनको यथार्थता झल्किदो रहेनछ |July 24 को Vedauwoo यात्रा जिवनकै एउटा अबिस्मरणिय यात्रा थियो | हामी लारामी नेपालीहरु करिब २० जना Vedauwoo तर्फ गएका थियौ| साच्ची त्यो यात्रा निकै कहालीलाग्दो थियो अनी रोमान्चक पनि |Vedauwoo भन्ने ठाउँमा हिमाल अरोहणको लागि अग्ला-अग्ला हिमालहरु रहेछन |Vedauwoo अमेरिकाको Wyoming state मा पर्दछ | यो ठाउँ लारामी नजिकै Wyoming दक्षिण-पुर्वमा पर्छ|यो ठाउँ हिमाल अरोहणको लागि प्रख्यात छ |
हामी दिउसो ३ बजेतिर प्रथान गरेका थियौ | ती हिमालको चुचुरोमा पुग्ने काम सहज थिएन |तरपनी गोर्खाली बहादुरीको रुपमा चिनियका हामी नेपालीहरु पछि परेनौ:हामी कम्मर कसौ शिखरमा पुग्ने अठोट लिएर |वास्तवमा त्यो हिमालको शिखरमा पुग्ने साहस कमै मनिसमा हुन्छ होला,त्यो पनि बिना केही सुरक्षाका सामाग्री र बिना केही पूर्व तयारी | हामी पनि त्यस्तो असजिलो यात्रा सहर्स चुचुरोमा पुग्ने अठोटसहित अगाडि लम्कियौ |एउटा नेपाली गीत(जोमसोमे बजार)मा भनिएको छ-"जिन्दगी वगेको पानी हो,फेरी फर्की आउदैन"| यस्तै झै अगाडि बढ्ने सिलसिलामा नजाने साथीहरुसँग बिदा भएर भएर हिडेका थियौ, किनकी बाचियर फर्कियला भनेर कमैले आसा गरेका थियौ अनी पहीलेको जस्तो जिन्दगी फेरी जिउन पाईन्छ भनेर पनि आसा मारेका थियौ| यात्रा यति कठिन थियो त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ |
केशव दाई,बसन्त दाई, राजन दाई,सरोज दाई, कमन दाई,बैछबी दाई,सुजन,प्रक्रिती भाउजु,पबित्रा भाउजु सफल्तापुर्वक शिकरमा पुग्नुभयो | यात्रा कति कठिन थियो भनेर तस्विरबाट थाहा हुन्छ-भनिन्छ तस्विर आँफै बोल्छ भनेर |यात्राको दौरानमा कति दाजुहरुले त बिचबाट फर्किने जमरको नगरेको पनि होईन तर पनि सबैको साथबिना एकलै फर्किने कुरा पनि तेती सजिलो थिएन | आफ्नो ज्यानको बाजी राखेर सबै जना सफलतापुर्वक चुचुरोमा पुग्नु भयो तर पनि माथि पुग्दा कसैको त खुट्टा पनि कामेको थियो रे | आखिर ज सुकै भए पनि त्यस्तो साहासिक यात्राको प्रशंसा नगर्नु भनेको मुर्खता हुन्छ | म सम्पुर्ण दाजुहरु, भाउजुहरु,मित्रहरुको साहासिक यात्राको भित्री मनदेखी नै दमदार प्रशंसा गर्दछु |सरोज दाई त अझ चप्पल लगायर चढन सफल हुनुभयो |हम्रो बसन्त दाई सुरुमा सबैभन्दा माथि पुगेर हाई-हुइ गर्नुभयेको थियो तर पछि शायद जीवनको आधा सताब्दी अझै बाँकी छ भनेर सोच्न पुग्नुभयछ क्या पछि-पछी त तेती अगाडि जानुभयेन |केशव दाई पनि हिम्मत साथ चढेकै हो-बिच बीचमा धेरै डरहरुसँग जुध्द्दै भएपनि| क्रितिका र निकिता पनि सानै भएपनि तेत्रो उचाईमा पुगेको साहासिलो कदमको प्रशंसा गर्नैपर्छ,जुन रुपमा उनीहरु नडराई हिमाल चढे त्यसले एउटा निडर ब्यक्तित्व्यमा हुनुपर्ने गुणलाई झल्काउछ | लोक दाई र शोभा भाउजुलाई पनि अरुसगै चुचुरोमा पुग्ने रहर नभयको होईन तर पनि छोरीहरु क्रितिका र निकितासंगै बस्नुपर्ने करणबाट उहाँहरुको चुचुरोमा पुग्ने रहर यसपाली पुरा हुन सकेन | जब हामी चुचुरोमा पुगेका थियौ तब बैछबी दाईको उत्साह निकै वढेको थियो| सरोज दाई,बसन्त दाई,केशव दाई माथि चुचुरोमा पुगेर डान्स पनि गर्न पछि पर्नुभयन | मेरो कुरा गर्नुपर्दा म पनि चुचुरोमा पुगेकै हो,फरक यत्ती हो की म क्यामरामन भएकोले चुचुरोमा पुगेका बेलाको मेरो कुनै फोटोहरु खिचियनन | आखिर ज होस् सबै जना लारामी दाजुहरु प्रतक्ष हुनुहुन्छ जसले मलाई उहहरुसगै चुचुरोमा देख्नुभयेको थियो |सुजन जुन छरितो,जोस जागरका साथ हिमाल चढे उनी सबैको तरिफको मुल-विषय बनेको थियो |माथी चुचुरोमा पुगेपछी केशव दाई,सरोज दाई एक्छिन सुतेर भएपनि आराम लिनुभयको थियो |सबै जना कति खुशी हुनु भएको थियो भनेर त भिडियोबाट नै थाहा हुन्छ| माथि चुचुरोमा पुग्नु मात्र ठुलो कुरा थिएन,राम्रोसग सुरक्षित रुपमा ओर्लनु पनि जीवनको निकै ठुलो परीक्षा थियो,जुन हामीले सफलतापुर्वक पास गरौ | जब हामी सबै सफलतापुर्वक ओर्लिऔ तब एक्छिन बाचेको खुसियली मनायौ र एउटा नयाँ जीवन सुरु गरेको आभास जस्तै भयो |बसन्त दाईले भन्नु भयो-हमी सफल भयौ अनी बचियो पनि तर जिवनलाई नै जोखिममा राखेर येस्तो यात्रा गर्नु हाम्रो मुर्खता पनि हो |सबैजजनालाई एउटै कुराको साह्रै जीज्ञासा लागेको थियो की चढ्ने क्रममा रहेको दुई ठुला चट्टाङको बीचमा अवस्थित सानो ठाउँबाट केशव दाई कसरी छिर्न सफल हुनुभयो किनकी लारामीमा केशव दाई हामी भन्दा अली मोटो हुनुहुन्छ | यत्तीकैमा हामी सबैजना ग्रुपको फोटो लियर लारामीतिर फर्किन लागेका थियौ,टेक Uncle आइपुग्नुभयो | बेलुका भईसकेको थियो,उन्कलले फेरी BBQ गर्ने भनेर प्रस्ताव गर्नुभयो -एक त हामी तेत्रो साहासिक यात्रा गरेको अर्कोतर्फ बाचेको खुसियाली हामी पनि खुशी भयौ र BBQ धुमदम गरियो |बेलुका करिब १० बजेतिर हामी लारामीतर्फ लम्कौ र यो यात्राको समाप्ती गरौ |जिवनको एउटा कहालीलाग्दो यो यात्रा सधैं अबिस्मरणिय अनी साहसिक यात्राको रुपमा मेरो मस्तिकमा रहनेछ |
we did it...
ReplyDeletewe did it...
ReplyDeleteSummer life at Laramie: Full of Rejoice...