Heartily Welcome To My Blog

Saturday, July 3, 2010

Argentina Vs Germany World Cup 2010-feeling sad

आज भएको अर्जेन्टिना र जर्मनी बिचको खेलले मलाई निकै दुखी बनायो | म अर्जेन्टिनाको कट्टर समर्थक हु, तर आज अर्जेन्टिनाको डिफेन्सले धेरै निरासा दियो| मेस्सी, तेवेज, मिलिटो, हिगुईंन जस्ता राम्रा खेलाडीहरुले भरिएको टिम अर्जेन्टिनाले आजको खेल राम्रो खेल्न सकेन| अर्जेन्टिनाको डिफेन्स धेरै कमजोरी देखियो, डिफेन्सको बारम्बार गल्तिको कारणबाट आज जर्मनीले चार गोल हान्न सफल भयो | पहिलो हाल्फ़सम्म अर्जेन्टिनाले जर्मनीलै निकै दबाब दियो, गोलपोस्टमा थुप्रै प्रयाशहरु गर्यो| तर कुनै गोल हुन सकेन | अर्जेन्टिनाको डिफेन्सको कमजोरीको फाइदा उठाउदै जर्मनी जब दोस्रो गोल थप्यो तब खेलले अर्कै मोड लिन पुग्यो | यस वोर्ल्ड कपमा मेस्सीले थुप्रै प्रयासहरु गरेपनि कुनै गोल गर्न सकेनन| सबैलाई बिदितै होला, मेस्सीले यस वोर्ल्ड- कपमा ३० पटक गोलपोस्टमा बल हिर्काए, जसमध्य १५ पटक गोल टार्गेट थिए, जुन यस वोर्ल्ड- कपको अहिलेसम्मकै धेरै गोलपोस्ट प्रहार हो, तर दुखको कुरा के भने मेस्सीको अथक प्रयासहरू गोलमा परिणत हुन सकेन | मेस्सी अहिलेको सबैभन्दा राम्रा खेलाडी जसले धेरै प्रयाशहरु गरेपनी अर्जेन्टिना यस वोर्ल्ड-कपबाट बाहिरिन पुग्यो, वोर्ल्ड- कप जित्ने सपना अधुरो भयो | जर्मनी पनि राम्रो खेलेको थियो तर पहिलो हाल्फ़सम्म त खेल अर्जेन्टिनाले आफ्नो पकडमा राखेको थियो | गोलपोस्टमा थुप्रै प्रहारहरू नगरेको पनि होइन तर असफल भए | अर्जेन्टिनाको डिफेन्सले दोस्रो हाल्फ़मा निकै कमजोरी प्रदशन गर्यो जसको कारणबाट ४ गोल खान पुग्यो | खेल हो त्यसमा हार-जीत भैहाल्छ, त्यसबाट आफ्ना त्रुटीहरु मनन गरि अब भविस्यमा त्यस्ता त्रुटीहरु हुन नदिनु ठुलो कुरा हो, अर्जेन्टिनाले आफ्नो फितलो डिफेन्समा हेरफेर गर्नुपर्ने आवस्यक टड्कारो रुपमा देखिन्छ |

अर्जेन्टिनाले आफ्नो डिफेन्स मजबुत बनाउनुपर्ने देखिन्छ, अर्जेन्टिनाको डिफेन्स निकै फितलो देखियो | जुन हार आज अर्जेन्टिनाले बेहोर्नुपर्यो त्यसको प्रमुख कारण कमजोर डिफेन्स नै थियो भन्ने मलाई लाग्छ | आशा गरौ आगामी खेलमा अर्जेन्टिनाले अझ ससक्त खेल देखाउने छ , आफ्ना समर्थकहरुलाई निरासा बनाउने छैन, आगामी दिनमा अर्जेन्टिना अझ मजबुत भएर आउने छ अनि मेस्सी माराडोनाको रुपमा खेल मैदानमा उर्तने छ | अरुको दुखमा हास्नेहरुलाई अनि अर्जेन्टिना प्रतिको तिता बचन भन्ने हरुलाई अर्जेन्टिनाले खेलेर आफ्नो स्किल देखाएर गतिलो जवाफ देयोस | अनि सपुर्ण साथीहरु आफ्नो खुसि आफ्नो तरिकाले मानाउ, तर अरुको दुखमा चोट दिदै रमाउन नसिकौ भन्ने विन्रम अनुरोध गर्न चाहन्छु | अर्जेन्टिना हार्दा खुसि मिल्नेहरूले आफ्नो तरिकाले खुसि मनाउ तर कृपया अरुलाई चोटमा जानाजान नुन छर्ने काम कसैले नगरौ | जर्मनीका समर्थकहरु अर्जेन्टिना हर्दा तपाईहरु रमाउनुस, नाच्नुस त्यसमा मेरो केहि गुनासो छैन तरपनि चोट परेकाहरुलाई जानाजान नुन छर्ने काम कसैबाट नहोस |

2 comments:

  1. "अरुको दुखमा हास्नेहरुलाई अनि अर्जेन्टिना प्रतिको तिता बचन भन्ने हरुलाई अर्जेन्टिनाले खेलेर आफ्नो स्किल देखाएर गतिलो जवाफ देयोस | अनि सपुर्ण साथीहरु आफ्नो खुसि आफ्नो तरिकाले मानाउ, तर अरुको दुखमा चोट दिदै रमाउन नसिकौ भन्ने विन्रम अनुरोध गर्न चाहन्छु | अर्जेन्टिना हार्दा खुसि मिल्नेहरूले आफ्नो तरिकाले खुसि मनाउ तर कृपया अरुलाई चोटमा जानाजान नुन छर्ने काम कसैले नगरौ | जर्मनीका समर्थकहरु अर्जेन्टिना हर्दा तपाईहरु रमाउनुस, नाच्नुस त्यसमा मेरो केहि गुनासो छैन तरपनि चोट परेकाहरुलाई जानाजान नुन छर्ने काम कसैबाट नहोस |"

    Your writing is good, Pradeep. The para I am quoting here is touching.

    ReplyDelete
  2. I 2 is the supporter of Argentina.Though they have played well,they can't make a victory over germany.I'm so sad due 2 the bad performance of Brasil as well as Argentina in the Quater-final.I think spain must win over germany in the 2nd semi-final match.Now we all must support the only one south-american country,Uruguay i.e for it's striker Diego Forlan....Let's watch what will b the result...

    ReplyDelete