Heartily Welcome To My Blog

Tuesday, July 6, 2010

भविष्यवक्ता अक्टोपस World Cup 2010

जर्मनी, असार २३ (एजेन्सी)- 'पाउल' नामक अक्टोपसले बुधबार विश्वकप फुटबलको सेमिफाइनलमा स्पेन विजयी हुने भविष्यवाणी गरेको छ। सो समुद्री जीवले यसपटक विश्वकपमा गरेका सबै भविष्यवाणी मिलाउँदै आएको छ।
अनौठो शक्ति मानिएको अक्टोपस जर्मनीको पश्चिमी सहर ओबरहाउजेनको समुद्री अक्वारियममा बस्दै आएको छ।


अक्वारियममा दुई देशको झन्डाले बेरिएको जारमा राखिएको खानामध्ये अक्टोपसले स्पेनको बक्समा राखेको खाना खाएको थियो।

दक्षिण अफ्रिकी विश्वकपमा जर्मनीले खेलेको सबै नतिजामा सही भविष्यवाणी गरेपछि ब्रिटेनमा जन्मिएको अक्टोपस त्यहाँ राष्ट्रिय 'सेलिब्रिटी' बन्दै आएको छ। युरोपियन च्याम्पियनसिप २००८ मा पनि पाउलले भविष्यवाणी गरेका झन्डै ७० प्रतिशत खेलमा जर्मनी विजयी भएको अक्टोपस मालिकले बताए। त्यसपछि अर्जेन्टिनी समर्थकले अक्टोपसलाई मार्ने धम्की दिएका थिए।

स्पेन र जर्मनीबीचको सेमिफाइनलमा को विजयी हुन्छ भनेर अक्टोपसले झन्डा चुम्दै गरेको दृश्य मंगलबार जर्मनीका समाचार टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका छन्।

यसपटक विश्वकपमा अक्टोपसले भविष्यवाणी गरेका सबै ५ खेल मिलेको छ। त्यसमा जर्मनी समूह चरणमा सर्बियासँग पराजित हुने भविष्यवाणी पनि थियो। अक्टोपसले जर्मनी विजय हुने भविष्यवाणी गरेको खेलमा अर्जेन्टिना ४ गोलले हारेको थियो।

अक्टोपसले स्पेनलाई चुनेपछि जर्मन समर्थकमा निराशा छाएको बिबिसी संवाददाताले जनाएका छन्। उसले भविष्यवाणी गरेको सबै मिल्छ भने छैन। युरो-२००८ को फाइनलमा जर्मनीले स्पेनमाथि विजय हात पार्छ भनेर अक्टोपसले गरेको भविष्यवाणी गलत भएको थियो। स्पेनले सो खेल १-० ले जितेको थियो।
Source: http://www.nagariknews.com/news-highlights/139-highlights/15356-2010-07-06-22-34-41.html

No comments:

Post a Comment